मंगुर जातको माछा बिक्रि गर्न प्रहरीद्धारा रोक

मंगर जातको माछालाई प्रहरीले बिक्रि बितरणमा रोक लगाएको छ । नेपालमा प्रतिबन्धित मंगर जातको माछालाई बरामद गरि नष्ट गर्न शुरु गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो । प्रहरीले तुलसीपुर उपमहानगरपालीका वडा नं.५ तुलसीपुर बजारका बिभिन्न स्थानमा सञ्चालनमा रहेका माछा पसलबाट झण्डै साँढे ४ सय किलो मंगरजातको माछा बरामद गरिएको हो ।
बिहीबार तुलसीपुर उप महानगरपालीका वडा नं.५ स्थित मोहन नेपालीले संचालन गरेको युवम माछा पसलबाट मंगुर जातको माछा २०० के.जि., फिरोज मियाको घर भित्र बनाएको पोखरीबाट मंगुर जातको माछा २०० के .जि. र बब्लु मियाको घर भित्र टिनको बाकसमा राखेको मंगुर जातको माछा ५० के.जि. खानतलासीका क्रममा बरामद गरिएको ईप्रका तुलसीपुरका प्रमुख सिंहले बताउनुभयो ।
बरामद गरिएको माछा बिभिन्न ब्यक्तिको रोवहरमा पातुखोलाको वगरमा बिहीबार बेलुकी ५ बजेतिर नष्ट गरिएको प्रहरीले जनाएको छ ।
ब्यबसायिहरुले भने प्रहरीले माछा बरामद गरि नष्ट गर्ने कार्यको असन्तुष्टी जनाएका छन् । माछा पालक किसानहरुलाई सरकारले प्रोत्साहन गर्ने प्रतिबद्धता सहित ऐन कानून बनाउने तर प्रहरी प्रशासनले उत्पादन गरेको माछा नष्ट गर्ने कार्य कानून बिपरित भएको बताएका छन् ।


 

प्रतिकृया दिनुहोस