किवानिस क्लब द्धारा आर्थिक सहयोग प्रदान 


माघ १२ दाङ । किवानिस क्लब अफ राप्तीले आज सोमवार तुलसिपुर उपमहाँनगरपालिका १० चैलाहि निवासी खड्का परिवार लाई आर्थिक सहयोग प्रदान गरेको छ । आमाको आगलागी वाट निधन भएपछि घरको आर्थिक अवस्था कमजोर भएकोले किरिया खर्च स्वरुप छोराहरु डिल्लीराम खड्का र सुदन खड्का लाई आज सोमवार १० हजार ५ रुपिया सहयोग गरेको क्लवका अध्यक्ष विमल पोख्रेले वताउनुभयो । 
तुलसिपुर उपमहाँनगरपालिका १० चैलाहि निवासी ५५ वर्षिय मोतिकला खड्का घरमा कोहि नभएको समयमा खाना वनाउने क्रममा आगो सल्किएर घाईते हुनुभएको थियो । घाईते खड्काको ११ दिन पहिले उपचारका क्रममा पाल्पामा निधन भएको परिवारले जनाएको छ । सामाजिक सेवाभावका साथ गठन भएको क्लवले सामाजिक दायित्ववोध गर्दै सामाजिक कार्य गर्दै आएको क्लवका वरिष्ठ उपाध्यक्ष भुपाल रावतले वताउनुभयो ।

अध्यक्ष पोख्रेलको नेतृत्वमा क्लवका वरिष्ठ उपाध्यक्ष भुपाल रावत,उपाध्यक्ष हेमन्त प्रकाश वली, महाँसचिव नवराज रेग्मी, सह कोषाध्यक्ष गोर्वद्धन रिजाल,सचिव गिता विश्वकर्मा  सदस्यहरु नरेन्द्र वली, जागेश्वर वली, निर्मल वली लगाएतको सहभागिता रहेको थियो ।  खड्का परिवार लाई विभिन्न व्यक्ति वाट पनि सहयोग उपलव्ध भएको छिमेकि महेश कुमार लामिछानेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस