५ किलो मिटर सडक आसपासमा तरकारि खेति गरिदै

दाङमा ५ किलो मिटर सडक आसपासमा तरकारी खेति गरिदैछ । यस वर्ष अभियानमुखी मिसन कार्यक्रम अन्तर्गत रोड कोरिडोर लक्षित कार्यक्रम अन्र्तगत सडक आसपासको जमीनमा तरकारी खेति गर्ने तयारी गरिएको हो ।
रोड कोरिडोर लक्षित मिसन कार्यक्रम रहेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालका अनुसार चालु आर्थिक वर्ष २०७७÷०७८ मा रोड कोरिडोर लक्षित मिसन तरकारि,आलु मिसन कार्यक्रम, लसुन प्याज मिसन कार्यक्रम, मकै मिसन कार्यक्रम सञ्चालन हुदैछन् । अधिकांस कार्यक्रमहरु जिल्लाभर सन्चालन हुने छन् भने केहि कार्यक्रम सिमित क्षेत्र र लक्षित वर्गका लागी मात्रै हुनेछन् । 
रोड कोरीडोर लक्षित मिसन कार्यक्रममा घोराही होलेरी जाने मार्गको आसपासको क्षेत्रको ५ किलो मिटर सम्ममा मात्रै तरकारी खेती प्रर्वद्धन गरिने भएको छ । सकड आसपासका ४वटा वडाका लागि रोड कोरीडोर लक्षित कार्यक्रमका लागि ५० लाख बजेट बिनियोजन रहेको छ । लसुन र प्याज मिसन कार्यक्रम तुलसीपुर,शान्तिनगर,दंगीशरण र बबई गाँउपालिकामा सञ्चालन गरिने छ । भने आलु मिसन कार्यक्रम यस पटक जिल्लाभर लागु हुनेछ । मकै मिसन कार्यक्रमको लागी क्षेत्र तोक्न बाँकी रहेको छ ।
विगत दुई वर्ष देखी सन्चालन हुदै आएको स्मार्ट कृषि गाउँ कार्यक्रम पनि छ । यसपटक दुई वटा स्मार्ट कृषि गाउँ कार्यक्रम थप्ने योजना रहेको कार्यालय प्रमुख धितालले बताउनुभयो ।
उहाँका अनुसार यो वर्ष कृषि तथा पशुपन्छी श्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रम समेत रहेको छ । जसमा माहुरी सम्बन्धी कार्यक्रम, महिला लक्षित व्यावसायिक कृषि उत्पादन कार्यक्रम, दलहन तथा तेलहन बाली विकास कार्यक्रम,बगर खेती प्रर्वद्धन कार्यक्रम ,चक्लाबन्दी कार्यक्रम लगाएत विउ बैंक संग सम्वन्धित कार्यक्रमहरु रहेको छन् ।
कृषि ज्ञान केन्द्र घोराहीमा चालु आर्थिक वर्षका लागी झन्डै १६ करोड बजेट रहेको छ । केन्द्रका प्रमुख धितालका अनुसार यो वर्ष केन्द्रमा १५ करोड ८८ लाख बजेट रहेको छ ।
 

प्रतिकृया दिनुहोस