नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा रिजालको उम्मेदारी

मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ साधारण सभा र निर्वाचनमा दाङका बिमाल रिजालले केन्द्रिय सदस्यमा मनोनयन दर्ता गर्नुहुने भएको छ । रिजाल तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष हुनुहुन्छ । उहाँले तुलसीपुरमा सरसफाई अभियान पनि प्रभाबकारि रुपमा सञ्चालन गर्दै आउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ फुलवारीमा स्थायी बसोबार रहेका रिजालले झण्डै ४ दशकदेखि तुलसीपुर बजारमा ब्यबसाय गर्दै आउनुभएको छ । 
उहाँका ३ जना दाजुभाई तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्ष भई सक्नुभएको छ । 
साधारण सभाको उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेदेखि सुरू हुनेछ । यस्तै १२ गते बन्द सत्र हुनेछ । महासंघको निर्वाचन मंसिर १३ गते हुने छ । त्यसका लागि तीन ठाउँ तोकिएको छ । काठमाण्डौ स्थीत नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहल र महासंघ कार्यालय टेकुमा निर्वाचनका कार्यक्रम हुनेछ । 
निर्वाचनको लागि उम्मेदवारी मनोनयन गर्न इच्छुक सदस्य, संघ, संस्थाले गत आर्थिक बर्षको बार्षिक सदस्यता शुल्क र उम्मेदवारी शुल्क सहित मनोनयन पत्र र प्रतिनिधिपत्र साधारणसभा हुनुभन्दा ७ दिन अघि अर्थात मंसिर ४ गते साँझ ५ बजेभित्र महासंघको सचिवायल टेकुमा दर्ता गराइ सक्नुपर्ने ब्यबस्था छ । 
महासंघका वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । यसकारण  वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, पदाधिकारी र केन्द्रीय सदस्य गरि २५ जना निर्वाचित हुनेछन् ।  वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल गरी दुई समूह चुनावी मैदानमा हुनुहुन्छ । रिजालले चन्द्र ढकाल समूहबाट महासंघको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराउने हुने छ । बर्तमान अध्यक्ष भवाणी राणा नेतृत्वको नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा दाङ घोराहीका ध्रुवराज श्रेष्ठ भारी हुनुहुन्छ ।
महासंघको निर्वाचनमा १ सय ६ जना मतदाता रहेका निर्वाचन  समितिले जनाएको छ । लुम्बिनी प्रदेशको १२ जिल्लाबाट २० वटा उद्योग बाणिज्य संघले मतदान गर्न पाउने छन् । दाङबाट तुलसीपुर उद्योग बाणिज्य संघ,दाङ उद्योग बाणिज्य संघ घोराही र देउखुरी उद्योग बाणिज्य संघ लमहीले मतदान गर्ने पाउने छन् । प्रदेश नम्वर १ बाट २३,प्रदेश नम्वर २ बाट १२,बाग्मती प्रदेशबाट १६,गण्डकी प्रदेशबाट १५,लुम्बिनी प्रदेशबाट २०,कर्णाली प्रदेशबाट १० र सुदुरपश्चिम प्रदेशका १० वटा उद्योग बाणिज्य संघका अध्यक्ष गरि कुल १ सय ६ जनाले मतदान गर्ने पाउने ब्यबस्था नेपाल उद्योग बाणिज्य महासंघको बिधानमा ब्यबस्था गरिएको छ ।
कोरोना भाइरस महामारीका बीच स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड पालना गरी निर्वाचन गर्न लागिएको महासंघले सूचना निकालेर जानकारी दिएको छ ।
 

प्रतिकृया दिनुहोस