१ केजि सुन सहित ३ जना दाङमा पक्राउ

एक किलो अवैध सुनसहित तीन जनालाई दाङको अमिलियाबाट प्रहरीले पक्राउ गरेको छ। घोराहीका २ जना र एक जना बुटवलका रहेका दाङ प्रहरीले जनाएको छ । उनीहरूलाई प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार मध्यान्हतिर दाङको लमही नगरपालिका वडा नं. ९ अमिलिया बजार क्षेत्रबाट पक्राउ गरेको हो। यो दाङ र बाँकेको सीमाना जोडिएको पूर्व पश्चिम राजमार्ग क्षेत्र हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले विशेष सूचनाका आधारमा जुत्तामा लुकाएर ल्याउँदै गरेको सुन जस्तो पहेंलो धातुसहित उनीहरूलाई पक्राउ गरिएको जानकाारीदिनुभयो । जुत्तामुनि सुनको बिस्कुट बनाए र लुकाएर ल्याउँदै गरेको अवस्थामा  ५/५ सय ग्रामको सुन बरामद भएको हो । 

प्रतिकृया दिनुहोस