दाङका १ जना र बाँकेका थप १ जना कोरोना भाईरस निको

काठमाण्डौमा कोरोना भाईरस उपचार गराईरहेका दाङका १ जना र बाँकेका अर्का एक जना निको भई घर भएका छन् । आफ्न्तालाई लिएर काठमाण्डौ उपचार गराउन गएका तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ का ३६ बर्षिय ती ब्यक्तिलाई जेठ २ गते कोरोना भाईरस संक्रमण भएको चेकजाँच गराउदा काठमाण्डौमै पुष्टि भएको थियो । उनी काठमाण्डौमा भर्नाभएका थिए । आईतबार उनी निको भई अस्पतालतबाट डिष्चार्ज भएका बुझिएको छ ।
यता,बाँकेमा थप एक जना कोरोना भाईरसको उपचार पछि निको भई घर फर्किएका छन् ।
खजुरा गाउपालिका स्थित  सुशील कोईराला प्रखर क्यान्सर अस्पतालबाट सोमबार नेपालगन्ज ८ का १८ बर्षिय  पुरुष कोरोना माथी बिजय प्राप्त गरि डिस्चार्ज भई घर फर्किएका हुन । उनी  जेष्ठ २३ गते संक्रमित हुनु  भएका थिए ।
यो  संगै  बाँकेमा  निको  भएर जानेको संख्या २२ पुगेको छ ।

प्रतिकृया दिनुहोस