३ महिना अघि जन्मेका शिशुका सुत्केरी हुने दिनमै डिस्चार्ज

समय नै नपुगि २५ हप्तामा जन्मका शिशुको उपचार पछि आज सोमबार डिष्चार्ज भएका छन् । चिकित्सकले आज माघ ५ गते सुत्केरी हने आमालाई समय दिएको थियो । तर सामान्यता ९ महिनामा जन्मीनुपर्नेमा ६ महिनामा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ लुहाडवराका रेशु रावत गोर्खा हस्पीटल घोराहीमा सुत्केरी हुनुभएको थियो । ८ सय ग्रामको तौल मात्र भएको शिशुको उपचारका लागि तुलसी हस्पीटले गरेको प्रयास प्रति शिशुकी आमा रेशुले खुसी ब्यक्त गर्नुभयो । निम्न र मध्यम वर्गिय परिवारका लागि उपचार खर्च पु¥याउन सारोगाह्रो हुँन्छ नै तर स्थानीय स्तरमा राम्रो स्वास्थ्य सेवा प्राप्त गरेकाले शिशुको नँया जिवन पाएको र पैशा खर्च पनि अन्य स्थानमा लगेको भए बढी हुने पक्कै थियो यहाँ भएन उहाँले भन्नुभयो ।  सोमबारको तौलमा २ किलो साँढे ४ सय ग्राम पुगेको तुलसी हस्पीटले जानकारी दिएको छ । समय नै नपुगि जन्मेका बच्चाको तौल निकै कमि र फोक्सोको बिकास समेत नभएको अबस्थामा तुलसी हस्पीटल तुलसीपुरमा ल्याएको थियो । ३ महिना ५ दिन सम्म नवजात संघन कक्ष (एनआईसीयू)मा उपचार पछि आज सोमबार डिष्चार्ज गरिएको बालरोग बिशेषज्ञ डाक्टर किशोर खत्रीले बताउनुभयो । संक्रमण र चिसोको अत्यन्त डर हुने उमेर नपुगेका ती बच्चालाई पहिलेदेखि सास रोकिने अबस्थामा थियो । सास नरोकिने औषधिको प्रयोग गरिएको उहाँले बताउनुभयो । उक्त हस्पीटलका अनुसार ६५ दिन सम्म राख्दा संक्रमण देखियो । उपचारका क्रममा धेरै समस्याको सामना हस्पीटलले गर्नुपरेको थियो । ४ पटक सम्म रातो रगत चडाएपनि प्लेटलेट घटेर ३५ हजार सम्म पुगेको थियोे । प्लेटलेटको लागि दाङमा सेवा नभएका कारण कोहलपुर मेडिकल कलेजमा भर्ना गरि उपचार गर्नुपरेको डाक्टर खत्रीले बताउनुभयो ।  प्लेटका लागि कोहलपुरमा लगि उपचार पछि पुन तुलसी हस्पीटलमा ल्याएको हो । हाल क्रमस दुध चुस्ने अबस्थामा पुगेको अबस्था छ ।  तुलसी हस्पटीलमा ७ महिना सम्मको बच्चा जन्मेको बताएका डाक्टर खत्रीले ६ महिनामा बच्चा जन्मनु बिरलै हुने गरेको बताउनुभयो । शिशुको स्वास्थ्यमा सुधार गर्न चुनौति थियो तर प्रयन्तमा जुटीरहेका थियौ,आज हाम्रो टिमको प्रयास सफल भयो, बालरोग बिशेषज्ञ डाक्टर खत्रीले भन्नुभयो । गर्भमा शिशुलाई संक्रमण हुन वा आमालाई थाईराईड लगायतका रोग हुन गएमा समय नुपग्दै सुत्केरी हुने गरेको डाक्टर खत्रीले अनुभव सुनाउनुभयो । तुलसी हस्पीटलमा पत्रकार सम्मेलनमा डाक्टर खत्रीले भन्नुभयो , हाल चिसोका कारण बालबालिकाहरु बिरामीहरु उपचारका लागि आउने गरेका छन् । मौसमी पखालाको समस्या भएका बालबालिकाहरु उपचारका लागि बढी मात्रमा आउने गरेका पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । हस्पीटलले हजार ५ सय ९९ जना बालबालिकाहरुको उपचार भएका छन् । 
 

प्रतिकृया दिनुहोस