घोराहीले मोतिया बिन्दुको सल्यक्रियामा सहकार्य गर्ने

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालीत राप्ती आँखा अस्पताल र घोराही उपमहानगरपालिका विच निःशुल्क मोतियाविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको छ । यस आर्थिक बर्षमा  नगरमा रहेका १०० जना मोतियाविन्दुका विरामीहरुको साझेदारीमा निःशुल्क शल्यक्रिया गर्नका लागि शुक्रवार अस्पताल र उपमहानगरपालिका विच सम्झौता भएको वाह्े कार्यक्रम संयोजक नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिनुभएको छ ।  निःशुल्क शल्यक्रियामा लाग्ने प्रति व्यक्ति खर्च रु ८ हजार उपमहानगरपालिकाले अस्पताललाई उपलव्ध गराउने र बाँकी रकम अस्पतालले व्यहोर्ने सहमती भएको छ । अस्पतालका प्रशासक किरण पौडेल, उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत ऋषीराम केसी र जन स्वास्थ्य अधिकृत नारायण प्रसाद घर्ती विच सम्झौता पत्रमा  हस्ताक्षर भएकोहो । आर्थिक बर्ष २०७७÷०७८ भित्र १०० जना मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गर्ने सहमतिमा उल्लेख छ । एसआइसीएस प्रविधिबाट मोतियाविन्दुको शल्यक्रियाका लागि ८ हजार उपमहानगरपालिकाले अस्पतालाई उपलव्धगराउने छ  । साथै कम्प्यूटर अर्थात फेको प्रविधिबाट मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भएमा थप ५ हजार स्वयम विरामीले तिर्नुपर्ने पनि सम्झौतामा उल्लेख भएको सूचना अधिकृत बालाराम खड्काले जानकारी दिए  ।  उपमहानगरले यस बर्ष १०० जना मोतियाविन्दुका आँखाका विरामीहरुलाई शल्यक्रिया गरी उज्यालो प्रदान गर्ने सहमति भएको स्वास्थ्य महाशाखाका जन स्वास्थ्य अधिकृत नारायण प्रसाद घर्तीले जानकारी दिनुभयो ।  आर्थिक अभावका कारण मोतिविन्दुको शल्यक्रिया गर्नवाट बन्चीत विरामीहरुको सम्वन्धीत निकायको सिफारीसमा शल्यक्रिया राप्ती आँखा अस्पतालमा हुने बताएको छ ।

प्रतिकृया दिनुहोस