राप्ती विज्ञान प्रतिष्ठानको त्रुटि, जारी भयो-अर्को विज्ञप्ती

दाङको राप्ती विज्ञान प्रतिष्ठानले हिजो जारी गरिएको विज्ञप्तीलाई आज विहानै सच्याएको छ । हिजो (आइतवार) घोराहीमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा बाँकेका ४ र बर्दियाका १ जनामा कोरोना संक्रमन पुष्टि भएको विवरण विज्ञप्ती मार्फत सार्वजनिक भएको थियो । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं ५ का १६, २३, २३ र २४ बर्षीय युवाहरुमा कोरोना संक्रमन पुष्टि भएको विवरण सार्वजनिक गरिएकोमा आज विहानै सो विवरण सच्याएर विज्ञप्ती जारी गरेको छ ।

यस अनुसार डुडुवा गाँउ पालिका र राप्ती सोनारी गाँउ पालिकाका गरि २/२ जना रहेका छन् । दुई गाँउ पालिकाको क्वारेन्टिनमा बसेका चार जनामा कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपटि डा संगीता भण्डारीले वताइन् । नयाँ संक्रमित मध्य डुडुवा गाँउ पालिका वार्ड नं. २ का २३ र २४ वर्षका दुइ यूवा तथा राप्ती सोनारी गाँउ पालिका वार्ड नं. ७ का १६ र २३ वर्षका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । हिजो ठेगानानै नमिलेको  विज्ञप्ती जारी भएपछि राप्ती सोनारी गाँउ पालिकाका कर्मचारी एवं जनप्रतिनीधि राती अवेर सम्म हैरानीमा थिए । राप्ती सोनारी गाँउ पालिका कोरोना भाइरसको हट स्पष्टका रुपमा रहेको नरैनापुर गाँउ पालिकासित जोडिएको गाँउ पालिका हो ।  

प्रतिकृया दिनुहोस