समाचार

    शान्ति समाज दाङको परिवेक्षण

    दाङ,२१ मंसीर
     
    मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आज बिहीबार दाङका सबै निर्वाचन क्षेत्रमा मतदानको परिबेक्षण गरेको छ । राष्ट्रिय निर्वाचन परिबेक्षणको अनुमति प्राप्त गरेको शान्ति समाजले आज निर्वाचन क्षेत्र नम्वर १,२ र ३ का बिभिन्न मतदान स्थलमा पुगि परिबेक्षण गरेका शान्ति समाजका केन्द्रिय सचिब सुशील बस्नेतले जानकारी दिनुभयो ।परिबेक्षणमा शान्ति समाजका सहसचिब अमृतप्रसाद शर्मा,साधारण सदस्यहरु अर्बिंन्द्र चौधरी र सुदीप आर्चाय सहभागि हुनुभएको थियो । शान्ति समाजले देशका बिभिन्न स्थानमा पहिलो चरणको निर्वाचन र दोस्रो चरणको निर्वाचनमा परिबेक्षण गरेको छ ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal