समाचार

    संघ र प्रदेशसभाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

    दाङ,१८ असोज
     
    संघ र प्रदेशसभा चुनावको लागि भन्दै निर्वाचन आयोगले दाङका ३ वटा निर्वाचन क्षेत्रका गरि १ सय ६५ मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले हरेक निर्वाचन क्षेत्रमा एक–एक जना रहने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो ।निर्वाचन आयोगका अनुसार संघीय निर्वाचनका लागि निर्वाचन क्षेत्र नम्वर १ मा अर्थ मन्त्रालयका कानुन अधिकृत श्रीलाल पौड्ेल,निर्वाचन क्षेत्र नम्वर २ मा निर्वाचन अधिकृतमा दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस हेमन्त रावल र निर्वाचन क्षेत्र नम्वर ३ मा उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिबक्ता चक्रदेव आचार्यलाई नियुक्त गरिएको छ ।देशभरमा २ चरणमा हुने संघीय र प्रदेश निर्वाचनका लागि जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्र द्वितीय श्रेणीका अधिकृतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार जगेडा अधिकृतको रुपमा अरु नौ अधिकृतलाई पनि नियुक्त गरिएको छ । बुधबार नियुक्ती पाएका अधिकृतलाई अभिमुखिकरण तालिम दिएपछि कात्तिक १ गतेअघि नै १ सय ६५ निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्ने आयोगको तयारी छ । आयोगका अनुसार संघ र प्रदेश सभाको चुनावमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता रहनेछन् । त्यसको लागि १ करोड ७० लाखको हाराहारीमा मतपत्र छाप्ने आयोगले जनाएको छ ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal