कोरोना पोजेटिभ पाइएपछि नेपालगञ्जमा उच्च सतर्कता, शुरक्षा निगरानीमा मस्जिदहरु

बाँकेको नेपालगन्जका एकजनामा कोरोना पोजेटिभ पाइएपछि उच्च सतर्कता शुरु गरिएको छ । पछिल्लो समय स्वाब परीक्षणलाई तीब्रता दिएसँगै नेपालगन्जमा शुक्रबार कोरोना पोजेटिभका विरामी भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीरकुमार अधिकारीद्वारा जारी सूचनामा नेपालगन्जका एकजनामा कोरोना भाइरस संक्रमण देखिएको हो । योसगैं बाँकेको नेपालगन्जमा रहेका एक ६० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै रुपन्देही निवासी एक २५ वर्षीय पुरुषमा समेत कोरोना भाइरस रहेको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर अधिकारीद्वारा जारी उक्त सूचनामा उल्लेखछ । यो सगैं नेपालमा कोरोना भाइरस संक्रमित संख्या ५९ पुगेकोछ ।
नेपालगन्जमा रहेका मस्जिदहरुमा केही दिन देखि व्यापक रुपमा स्वाब परीक्षण थालिएको छ । भेरी अस्पताल स्रोतका अनुसार, एक जना व्यक्तिमा किटबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि भेरी अस्पतालमा रहेको पिसीआरबाट परीक्षण गर्दा समेत कोरोना पोजेटिभ देखिएको थियो । भेरी अस्पतालको ल्यावमा ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाण्डौंको टेकु स्थित अस्पतालमा पठाएका थियो । टेकुस्थित अस्पतालले समेत कोरोना पोजेटिभ देखाएपछि स्वास्थ्यकर्मी सम्मलित जिल्ला स्थित उच्च सुरक्षा समितिको आपतकालिन बैठक वसि उच्च सतर्कताका लागि योजना वनाउन थालिएको वताइएको छ ।  

जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको नेतृत्वमा उक्त समितिको आपतकालिन बैठक बसेको हो । कोरोना भाइरस संक्रमित भेटिएको चर्चापछि बाँके प्रहरीले यहाँका मस्जिदमा निगरानी बढाएकोछ । प्रहरी श्रोतका अनुसार नेपालगन्जमा रहेका मस्जिदमा शुक्रबार बिहानैदेखि उच्च निगरानी बढाइएकोछ । कोरोना भाइरस संक्रमणको आशंकामा यतिबेला नेपालगन्जका मस्जिदमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएकोछ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको जिल्ला स्थित उच्च स्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना भाइरस संक्रमण भएको ब्यक्तिलाई आइसोलेशनमा लगिएको बुझिएकोछ । मस्जिदमा रहेका ती ब्यक्तिलाई सुरक्षाकर्मीको स्कटिङ्गमा बाँकेको खजुरा स्थित क्यान्सर अस्पतालमा निर्मित आइसोलेशन कक्षमा राखिएको र हाल उनको स्वास्य अवस्था सामान्य रहेको बुझिएकोछ ।

प्रतिकृया दिनुहोस