लकडाउनका कारण मह काढ्न कठिनाई, करोडौं वरावरको नोक्सानी हुन सक्ने अनुमान

उत्पादन गरिएको मह काढ्न नसक्दा दाङमा महको कमि हुने भएको छ । मह काढ्ने समयमा लकडाउनका कारण गाडी मोटरहरु बन्द हुँदा कृषकहरु मौरी राखेको स्थानसम्म जान नसकेपछि मह काढ्न नपाएका हुन । तयार भएको मह काढन नसक्दा करोडौ मूल्य बराबरको क्षति भएको मौरीपालक कृषकहरुले बताएका छन् । मह काढ्नुका साथै नयाँ रानी बनाउने पनि यतिबेलाकै मौसम हो । जसले किसानहरुले घारबृद्धि समेत गर्दै आएका थिए ।  चैतको १५ गतेदेखि मह काढ्ने सिजन शुरु हुने र सो अगावै लकडाउन भएका कारण मह काढ्न नपाएको महासंघले जानकारी दिएको छ । दाङमा मौरीका लागि चरण कमी हुने भएपछि यहाँका कृषकहरुले कैलाली, लुम्बिनी, कपिलबस्तु लगायतका जिल्लामा मौरी चराउन लगेका थिए ।

 चैतमा मह काढ्नुका साथै अत्यधिक मात्रामा गोला वृद्धि हुने समय रहेको र गोला छुटेर मौरी पनि अन्यत्र गएका कारण मौरीको गोलामा समेत कमी आउने कृषकहरु बताउँछन् ।  त्यस्तै कैलालीमा मौरी चराउन लगेका प्राकृतिक मह उत्पादन तथा माहुरी पालन फर्मका सञ्चालक माधव केसीले यस पटक मह काढ्न नसकेको गुनासो गर्नुभयो ।  लकडाउन भए पनि सरकारले मौरीपालक किसानलाई केही सहज बातावरण बनाइदिएमा मौरी ल्याउन आफूहरु आतुर भएको पनि उहाले बताउनुभयो । चार सय गोला मौरी पालन गर्दै आएका केसीले यस सिजनमा ३ टन मह उत्पादन गर्नुहुन्थ्यो । तर यस बर्ष १ किला पनि मह उत्पादन नभएको बताउनुभयो ।
यस पटक करिब १५ लाख रुपैयाँ घाटा लागेको उहाले बताउनुभयो । ३ सय घार मौरी पालेका व्यवसायी विनोद हमालले पनि मह काढ्न नपाएको गुनासो गर्नुभयो । धेरै जसो किसानहरुको मौरी अहिले चरणको लागि कैलाली लगायतका जिल्लामा लगेका छन् ।  यससंगै अब माहुरीका लागि चरण सकिएको र चिनी पनि नपाइने र आफूहरु पनि घरबाहिर जान नसक्ने भएपछि भएका मौरी पनि कसरी बचाउने भन्ने चिन्तामा कृषक छन् । दाङ जिल्लामा १६ हजार गोला मौरीहरु कृषकहरुले पालेका छन् । त्यसबाट यस सिजनमा करिब १ सय ६० देखि २ सय टनसम्म मह उत्पादन हुने अनुमान गरिएको थियो ।  मह उत्पादन घटेसँगै जिल्लाका कृषकहरुको करिब पाँच करोडको क्षति समेत भएको छ ।  जिल्लामा प्रतिकिलो मह २ सय ५० देखि ४ सय रुपैयाँसम्म बिक्री हँदै आएको थियो ।

प्रतिकृया दिनुहोस