तुलसीपुरमा २२ सय वढि दिर्घरोगीको प्रारम्भिक तथ्यांक, सबै भन्दा बढी मुटुजन्य रोगी

दिर्घरोगीहरुको तथ्याक संकलन गरि औषधि बितरण गर्न तुलसीपुर उपमहानगरपालिकाले तथ्याक संकलन गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रर्बद्धन महाशाखाका अनुसार नगरभित्र २ हजार २ सय ३३ जना रहेका बिमल केसीले जानकारी दिनुभयो । 
केसीका अनुसार पवननगर स्वास्थ्य चौकीमा ७७ जना, तकियापुर  १ सय २७, प्रतापकोट २४ , रानागाँउ १ सय ६६, हलवार ९४,गोलौरा १५, पर्सेनी ७७, दोघरे २ सय ५३, भिमसेन स्वास्थ्य केन्द्र अश्वारा १ सय ६६, टरीगाँउ २ सय १,उरहरी २ सय ८०,हेमनगर ७३, फूलबारी ४१,डवाङगपुर १ सय ९८,डुरुवा ९३, लक्ष्मीपुर ४२, मानपुर १ सय २२, हेमन्तापुर ७५, बिजौरी ८० र छिल्लीकोट ७ जना रहेका छन । 
ती मध्ये सबै भन्दा बढी मुटुजन्य १ हजार १ सय ६८, मधुमेह ४ सय ३९, दम जन्य ४ सय ५१, र अन्य गरी १ सय ७५ गरि २ हजार २ सय ३३ जना रहेका जनस्वास्थ्य प्रर्बद्धन महाशाखाले जनाएको छ । 
महाशाखाका अनुसार मेट फरमीन ५ सय एमजी र एमलोड ५ एमजी उपलब्ध गराईने समेत उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल के.सीले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस