जिल्लाभरका बस्तुको मूल्य सूचीमा एकरुपता हुनुपर्छ ः ब्यबसायी

कोभिड १९ र ब्यबसायीहरुको भूमिकामा भिडीयो कन्फ्रेरन्स मार्फत संबाद गरिएको छ । संबाद समूह दाङको आयोजनमा सोमबार नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य ध्रुवराज श्रेष्ठ(भारि),दाङ उद्योग बाणिज्य संघका अध्यक्ष अध्यक्ष नारायण भुषाल,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत(बिरु),देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ,हापुरे उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आईतबारे र तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजाल बिच भीडियो कन्फ्रेरन्स मार्फत संबाद भएको हो ।
भीडियो कन्फ्रेरन्स मार्फत गरिएको संबादमा दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालले जिल्लाका सबै बजारमा मूल्यमा एकरुपताका लागि आह्वान गर्नुभयो । मूल्य सचीमा एकरुपता गर्न सके संकटको बेला ब्यबसायिहरुको बिश्वसनीयता बढ्ने बताउनुभयो । उहाँले,लकडाउन पुन थप हुने स्थीति आउने संम्भाबना रहेमा जिल्लामा खाद्यन्न तथा उपभोग्य बस्तुको मौजाद(स्टक)को लेखाजोखा गर्न तर्फ लागि हाल्नुपर्ने सुझाब दिनुभयो ।
तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत(बिरु)ले तुलसीपुरमा खाद्यन्नको भण्डारण ६ महिनालाई पुग्ने जानकारी दिनुभयो । उहाँले आत्तिहाल्नुपर्ने अबस्था नरहेको बताउनुभयो । महत्वपूर्ण बिषय भनेको बिश्वब्यापि महामारिको रुप लिएको कोरोना भाईरस संक्रमणको सर्तकताका लागि आम ब्यबसायि लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक दुरी नै कोभिड १९ को ओखती भएकाले त्यसलाई बिशेष ध्यान दिनुपर्ने सुझाउनुभयो ।
देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले दैनिक रुपमा घर फर्कन पूर्बपश्चिम राजमार्गमा हिड्ने पैदल यात्रीको समस्या प्रति राज्यको नजर पुग्नै नसकेको बताउनुभयो । हजारौ पदैल यात्रुको कथा फरक छ,उनीहरु भोग र प्यासमा हिड्ेका छन्,देउखुरी उद्योग बाणिज्य संघले खाना तथा अन्य ब्यबस्थापन गर्दै आएको छ तर कहिले र कति समय सम्म थेग्न सक्ने प्रतिप्रश्न गर्नुभयो ।
हापुरे उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आईतबारेले पश्चिम दाङको ग्रामीण क्षेत्रका नागरिकलाई खाद्यन्न तथा उपभोग्य बस्तुको संकट पर्ने सक्ने बताउनुभयो । उहाले भन्नुभयो,मूख्य बिषय भनेको ढुवानी हो । यसमा दाङ उद्योग बाणिज्य संघ र तुलसीपुर उद्योग बाणिज्य संघले समन्वयकारी भूमिका खेलिदिनुपर्छ,उहाले आग्रह गर्नुभयो ।
भीडियो कन्फ्रेरन्स मार्फतको संबादमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य ध्रुवराज श्रेष्ठ(भारी)ले मुलुकभरीका ११२ वटा नीजि क्षेत्रको छाता संगठनले लकडाउनको यो परिवर्तित अबस्थामा आम नगारिकलाई सहज र सरल तरिकाले खाद्यन्न तथा उपभोग्य बस्तुको आपुर्ति गरिरहेको जानकारी दिनुभयो ।
तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजालले दाङका बिभिन्न उद्योग बाणिज्य संघहरुले आ आफ्नो तरिकाले नागरिकलाई सेवा प्रबाह गर्दै आएको बताउनुभयो । अव सोच्नुपर्ने अबस्था भनेको लकडाउनको समय लम्बीन गएमा उद्योग बाणिज्य संघहरुले पनि परिस्थीतिलाई आकलन गरि बिश्लेषण गरि अगाडी बढ्नुपर्ने सुझाब दिनुभयो ।
कार्यक्रममा संबाद सहजकर्ता सुष्मा गिरीले धन्यबाद ज्ञापन र सहजिकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो ।
संबाद समूहले कोभिड १९ को परिवर्तित अबस्थामा कोभिड १९ र चिकित्सकको भूमिका , कोभिड १९ र प्रमख जिल्ला अधिकारीको भूमिका, कोभिड १९ र राजनीतिक दलहरुको भूमिका र कोभिड १९ र स्थानीय तहहरुको भूमिका लगायतमा भीडियो कन्फ्रेरन्स मार्फत संबाद गराएको छ । 
 

प्रतिकृया दिनुहोस