कोरोना भाईरस संक्रमण त्रासको मारमा अन्य रोगी

स्वास्थ्य क्षेत्रमा कार्यरतहरु कोरोना भाईरस संक्रमणमा अझ बढि त्रसित भएको देखिन्छ । उक्त भाईरस संक्रमणबाट बँच्न र बचाँउन नागरिकलाई सरकारले आह्वान गरेको छ । जसका कारण नागरिकहरु पनि सचेत हुदै गएको देखिन्छ । सानो त्रुटिले संक्रमण बढदै गए नेपालमा थेग्नै नसक्ने अबस्थाको सृजना हुने बिज्ञहरुले दिएको सुझाबको आधारमा सरकारले शुरुका दिनमा केही सर्तकताका उपायहरु अपनाएको थियो भने चैत ११ गतेदेखि एकान्तमा बस्न(लक डाउन) आह्वान गरेको छ । जसका कारण नियमीत औषधि खानेहरुले पहिले नै आफ्नो जोहो गरि सकेको अबस्था छ । तर गर्भवती महिला,शिशु,जेष्ठ नागरिक र दिर्घरोगका लागि प्रयोग गरिने नियमीत खोपहरु र औषधिले खरीद र लगाउन समेत प्रभाबित भएको छ । बिरामी परे स्वास्थ्य उपचारका लागि समेत समस्या भएको छ । कोरोनो भाईरसको संक्रमणको डरले सरकारी तथा नीजि अस्पतालले बिरामीको चेकजाँच गर्न चाहदैनन् । जसका कारण अन्य रोग वा स्वास्थ्यमा आएको समस्या कारण उपचार गर्न नपाएरै नागरिकले ज्यान गुमाने वा जोखिम मोल्न बाध्य भएका छन् । 
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ का बिपन्न समूदायका वली थरका एक जना युवाले त्रुटिबस बिषाधी सेवन गरेको र उनको उपचारका लागि परिवार तथा छिमेकीलाई निकै सकसमा परेको गुनासो गरेका थिए । घरमा स–साना दुई छोराहरुमात्र भएको मौका छोपी मदिरा सेवन नशाको झोकमा हिजो शुक्रबार बेलुकी ८ बजेतिर वलीले आफ्ै बिषाधि सेवन गरेका थिए । ४ र ६ बर्षिय छोराले बुवाले बिषाधि सेवन गरेको जानकारी छिमेकीलाई गराए । तत्काल छिमेकीले घरेलु उपचार बिधि अपनाए भने केहीले सवारी साधनको खोजी गरे तर राती ११ बजे सम्म असफल भए । अस्थायी प्रहरी चौकी जस्पुर उरहरीका प्रमुख समेतको लामो प्रयास पछि राती १२ बजे तुलसीपुरको एक एम्बुलेन्सले राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा वलीलाई पु¥यो । वलीका साथमा रहेका ७५/७६ बर्षिय ससुरा बा ले निकै हारगुहार गरेका थिए । अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीले साधारण उपचार पछि बिरामीलाई नेपालगञ्ज रिफर गर्नुपर्छ भनि सुझाएकी थिईन् तर लकडाउनको कारणले उनको हारगुहारलाई मोवाईलबाट सल्लाह र सुझाब दिने अबस्था मात्र थियो । अन्त्यमा बिषाधि सेवन गरेका वलीको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् भने स्वास्थ्यमा सुधार हुदै आएको परिवारजन्ले बताएका छन् । स्वास्थ्य निकायमा पुग्दा बिभिन्न बहानमा विरामीको उपचार गर्नबाट टाढिने प्रबृत्ति प्रति नागरिकहरु भने चिन्तीत भएका छन् ।
 

प्रतिकृया दिनुहोस