दाङका स्वास्थ्य क्लिनिक सञ्चालकहरु आन्दोलित

तुलसीपुर २३ फागुन/

नेपाल सरकारको निर्णय सच्चाउन माग गदै दाङका स्वास्थ्य क्लिनिक सञ्चालकहरु आन्दोलित भएका छन । 

सरकारले यहि चैत्र २ देखि सि. एम ए पढेका स्वास्थ्यकर्मीहरुले सञ्चाल गरेको स्वास्थ्य क्लिनिकहरुमा अनिवार्य चिकित्सक सहितको सेवा दिनुपर्ने ब्यबस्था गरेपछि दाङका स्वास्थ्य क्लिनिक सञ्चालक सहित सि. एम ए पढेका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन । 

दाङका स्वास्थ्य क्लिनिक सञ्चालक तथा सि. एम ए पढेका स्वास्थ्यकर्मिहरु दाङ सि. एम ए संघको अगुवाईमा आज आईतबार तुलसीपुरमा भेला भई बिरोध कार्यक्रम सम्पन्न गरेका हुन । 

तुलसीपुरको बिरेन्द्र चौकमा आयोजना गरिएको बिरोध सभामा नेपाल सरकारको निर्णय तत्काल सच्चाउन आग्रह गरेका छन । 

उनिहरुले लामो समयदेखि समाजका बिभिन्न दुर्गम स्थानमा समेत स्वास्थ्य सेवा प्रदान गरेका स्वास्थ्य कर्मीहरुको पेसा संगै रोजिरोटीमा समेत असर पुराउने गरी एकतर्फी राज्यले यस्तो निर्णय गरेको भन्दै कडा शब्दमा बिरोध गरेका हुन । 

उनिहरुले नेपाल सरकार स्वयंले ग्रामिण स्थानमा बिशेषज्ञ सेवा दिन नसकी रहेको भन्दै सरकारको काममा आफुहरुले लामो समय देखि सघाई रहेको बताए । उनीहरुले हाल आएर आफुहरुलाई बिभेदकारी नीति ल्याएका कारण  आन्दोलमा उत्रनु परेको बताएका छन । 

तुलसीपुरको गुम्राह चौक बाट सुरु भएको रयाली बिरेन्द्र चौकमा गई कोण सभामा परीणत भएको थियो । 

दाङ सि. एम ए संघका अध्यक्ष मुकेश बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सिएमए संघ दाङका सदस्य रमेश पछल्डङग्या थारु, थारु स्वास्थ्यकर्मी समाज दाङका अध्यक्ष जिबराज चौधरी,अखिल नेपाल जन स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य अम्मर सिंह केसी लयायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस