महिलाहरुले गरेकोे ब्यबसाय फस्टाउदै

दाङका गढवा र राजपुर गाउँपालिकाका धेरै समुदायका विपन्न महिलाहरु व्यवसायीक बन्न थालेका छन् । उनीहरु बाख्रा, बंगुर, कटाइ, सिलाई, पसललगायतका व्यवसायमा लागेका छन् ।केही महिना अघिदेखि सुरु गरेको महिलाहरुको बाख्रापालन अहिले फस्टाउन थालेको छ । नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको इन्कोर कार्यक्रमअन्तर्गत सामुदायिक जलवायु उत्थान समितिमार्फत आयआर्जनका लागि महिलालाई व्यवसायीक बनाउन लागिएको हो ।कार्यक्रमको उद्देश्य अनुसार गरिएको आर्थिक तथा प्राविधिक सहयोगले महिलाहरु व्यवसायमा लागेको बताएका छन् ।गढवा गाउँपालिकामा २६ जना र राजपुर गाउँपालिकाका २६ जना महिलालाई प्रति ब्यक्ति २५ हजार रुपैया व्यवसायमा सहयोग पु¥याएको र सबैजनाले व्यवसाय अङ्गालेको कार्यक्रम संयोजक जगत तामाङले बताउनुभयो । त्यसबाट बाख्रा तथा बङगुरपालन, पसल ब्यबसाय,कटाई सिलाई, बंगुरपालन गरेरका छन् ।समुदायमा अति विपन्न गरिव र निम्न वर्गका मानिसलाई समुदायले नै छनोट गरी कार्यक्रममार्फत सहयोग गरिएको उहाले बताउनुभयो । गढवा गाउँपालिका–१ चिसापानीका देवा जैसीले इन्कोरको सहयोगले बाख्रापालन गरिरहेको बताउनुभयो ।
२५ हजारले ३ वटा बाख्रा किनेको र अहिले ७ वटा पुगेको जैसीले बताउनुभयो ।केही महिना अघिदेखि सुरु गरेको महिलाहरुको बाख्रापालन अहिले फस्टाउन थालेको छ । 
गढवा–७ चन्दनपुरकी सुमिना चौधरीले अहिले सातवटा बाख्रा आफूसँग रहेको बताउनुभयो । खाली बसेर दिन कटाई रहेको बेला रेडक्रसको सहयोगले बाख्रा पाउँदा धेरै खुसी भएको र व्यवसायमा लागेको बताउनुभयो ।उहाले बाख्रापालन व्यवसायबाट आएको पहिलो आम्दानीले बाख्रामै खर्च गर्ने योजना रहेको उहाले सुनाउनुभयो ।
राजपुर–७ सिक्टाकी चित्रकली दमाइर्लले बाख्रापालनबाट आम्दानीसमेत सुरु हुन थाल्नुभएको छ ।उहाले आफूले तीनवटा बाख्राबाट गरेको व्यवसाय अहिले आठवटामा पुगेको बताउनुभयो ।गाउँपालिकाको समन्वय र सहकार्यमा आयआर्जनको काम भइरहेको राजपुर गाँउपालिकाका अध्यक्ष लोकराज केसीले बताउनुभयो ।
यसबाट धेरैजना महिला आयआर्जनको बाटोमा लागेको उहाले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस