खाद्य संस्थानको चामल प्रति उपभोक्ताको मोहमा कमि

नेपाल खाद्य संस्थान तुलसीपुरमा केही बर्षदेखी चामलको माग घट्दै गएको छ । उपभोक्ताको आयशक्तिमा बृद्धि हुनु र चाहेको जस्तो चामल बजारमा प्रस्तत रुपमा पाईने भएकाले खाद्य संस्थानको चामलको मागमा कमी हुदै गएको हो । आर्थिक बर्ष २०७५/७६ मा खाद्य संस्थानमा ९ हजार क्वीन्टल चामल रहेकोमा ७ हजार कुइन्टल विक्री भएको र २ हजार क्वीन्टल चामल विक्रि भएन ।
आर्थिक बर्ष २०७४/७५मा संस्थानमा ८ हजार २१ क्वीन्टल विक्रि भएकोमा वितेको आर्थिक बर्षमा ७ हजार विक्रि हुदाँ १ हजार क्वीन्टलको कमी भएको छ । 
खाद्य संस्थान तुलसीपुरबाट कारागार शाखा तुलसीपुर,घोराही र सल्यान, डोल्पा,रुकुम पूर्व र पश्चिम, दाङ, सल्यान, रुकुम, रोल्पा र प्युठानका कारगारमा चामलहरु ढुवानी हुने गरेको छ । तर दशै तिहारमा सहुलियत तथा खुद्रामा विक्रि गरिन्छ ।
ढुवानी भाडाँको कारण गत आर्थिक बर्षमा पूर्वी रुकुमको शोमागाउँमा र डोल्पाको दुनैमा भौगोलिक कठिनाईका कारण माग अनुसारको चामल पठाउँन नसकिएको प्रमुख माधव मिश्रले बताउनुभयो ।  गतबर्ष ढुवानी खर्चको लागी नेपाल सरकारले १ करोड १२ लाख ९८ हजार ९ सय ९५ रुपैयाँ उपलब्ध गराएको थियो ।
सस्ंथानमा मोटो चामल प्रति क्वीन्टल ४५ सय र ४८ सय रुपैया, जिरा मसिनो चामल प्रति क्वीन्टल ५६ सय रुपैयामा बिक्रि मूल्य तोकिएको   छ ।
बजारमा भने जिरा मसिनोको मुल्य प्रति क्वीन्टल ६५ सय रुपैया पर्ने संस्थाले जनाएको छ ।
नेपाल खाद्य संस्थान तुलसीपुरमा विरगञ्ज, लहान, नेपालगंज र बर्दिया राजपुरवाट चामलहरु आयत गरिन्छ । अव नेपाल खाद्य संस्थाको नाम खाद्य संस्थान कम्पनीमा नामाकरण हुने भएको छ ।

प्रतिकृया दिनुहोस