पूर्ब अर्थसचिव बाँसकोटा र तुलसीपुर उपमहानगरपालिकाका बिच अभिमुखिकरण

आगामी आर्थिक बर्षको पूर्ब बजेट तथा योजना तर्जुमा सम्बन्धि अभिमूखिकरणमा पूर्बअर्थ सचिब कृष्णहरी बाँस्कोटा र तुलसीपुर उपमहानगरपालिका बिच अन्तरक्रिया भएको छ । तुलसीपुर उपमहानगरपालिकाले आज शुक्रबार आयोजना गरेको राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त समेत रहेका बाँसकोटसँग नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यालयपालिका र वडा सदस्यहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बिषयगत कार्यालय,नागरिक समाज,नगरबासी लगायत एक थलोमा बसी बजेट तथा योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण गरेका हुन । राजस्व सचिब समेत भई सक्नुभएका पूर्ब सचिव बाँसकोटालले केन्द्रिकृत अधिकारालाई बिकेन्द्रिकृत भएका कोष्टारिका र जर्मन जस्त देशको ईतिहासको बारेमा समेत जानकारी गराउनुभएको थियो । उहाले स्थानीय तहको आधारभूत योग्याताका बारेमा समेत जानकारी गराउनुभएको थियो । जुन स्थानीय तहमा ति कयौं योग्यता पुरा भएको देखिएन् । स्थानीय तहको आफ्नै गेष्ट हाउस सञ्चालनदेखि पुस्तकालय, चिडियाखाना, म्युजियम लगायतका कयौं उपमहानगरपालिकामा हुनुपर्ने स्मरण समेत गराउनुभएको थियो । जनप्रतिनिधिहरुमा अब्राहम लिंकनको जस्तो बिनम्रता,लालबहादुर शास्त्रीको जस्तो ईमान्दारिता,विलियम इवार्ड ग्ल्याडस स्टोनले जस्तो निष्ठा,यतिन्द्रनाथको जस्तो रोल मोडल,सुक्ररात जस्तो विवेक र समयानुकुल बन्न सक्ने गुण,लक्ष्मीप्रसाद देवकोटा जस्तो दानवीर जस्ता गुणहरु हुनुपर्ने समेत बताउनुभयो । उहाले जीवन र नेतृत्व कला सम्बन्धि जानकारी समेत दिनुभएको थियो । त्यसअवसरमा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६÷७७ को नीति,कार्यक्रम र बजेटका लागि सुझाब संकलन गरेको थियो । उपमहानरपालिकाका प्रमख घनश्याम पाण्डेले ४ बँुदे सझुाब संकलन फारम भरि सहयोग गर्न आग्रह समेत गर्नुभएको थियो । सुझाब संकलनका लागि बितरण गरीएको फारमको पहिलो बुँदामा तुलसीपुर उपमहानगरपालिकाको गत र यस आर्थिक बर्षका सबैभन्दा नीति र कार्यक्रमहरु के के हुन,दोस्रो बुँदामा आर्थि बर्ष २०७६÷७७ को लागि नीति,कार्यक्रम र बजेटमा के कस्तो थप हुनुपर्छ ? प्राथमिकताका आधार,बुँदा नम्वर ३ मा यस उपमहानगरपालिकाले सञ्चालन गरेका नीति तथा कार्यक्रममा कस्तो सुधार गर्नुपर्दछ ? र चौथो बुँदामा थप केही सुझाब उल्लेख गरीएको छ । कार्यक्रमको सञ्चालन उपमहानगरपालिका प्रेस संयोजक पत्रकार बसन्त बिबिस आचार्यले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस