दाङमा बितेको २४ घण्टामा १ जना संक्रमित

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४९ हजार दुई सय १९ पुगेको छ । गएको २४ घण्टामा दाङमा १ जन समेत गरि थप १ हजार ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रदेश नम्वर ५ को रुपन्देहीमा ४२,बाँकेमा २२,बर्दियमा १३,नवलपरासीमा १२,कपिलबस्तुमा ११,पाल्पामा २,गुल्मीमा २ र दाङमा १ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा ११ हजार एक सय ६७ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार ८१ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा नौ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३३ हजार आठ सय ८२ जना पुगेको छ ।  
अब नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय ८० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । 
यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय १२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यस्तै,तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न वडामा कोरोना संक्रमितको संख्या ११९ जना छन् । भने ती मध्ये ८५ जना निको भई घर फर्कि सकेका छन् । ३४ सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
दाङमा हालसम्म ८४३ जना संक्रमित भेटिएका मध्य ७२७ जना निको भैसकेका छन् भने ११८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । कोरोनाबाट दाङमा ज्यान गुमाउनेको संख्या २ रहेको स्वास्थ्य शाखाका फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।
अहिले घोराहीमा ६२, तुलसीपुरमा ३४, राप्तीमा ७, शान्तिनगरमा ४, गढवामा ३, राजपुरमा २ , लमही र दंगिशरणमा १÷१ जना सक्रिय संक्रमित रहेका छन् । अहिले सम्म बंगलाचुली र बबई गाउँपालिका संक्रमण मुक्त भएको छ ।
यसैबिच,१९ नम्बर बाहिनी तुलसीपुर कोरोनामुक्त भएको छ । ९ जना संक्रमित डिस्चार्ज भएसंगै बाहिनीका ३० जना संक्रमित सबै कोरोना मुक्त भएको १९ नम्बर बाहीनीले जनाएको छ ।
साउन १८ गते प्युठानबाट आएका एक जवानमा कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा आएकाको परिक्षण गर्दा साउन २७ गते २९ जनामा कोरोन संक्रमण देखिएको हो ।
संक्रमित मध्ये २१ जना भदौ ९ गते रिर्पोट नेगेटीभ आएर डिस्चार्ज भएका थिए भने बाँकी ९ जनाको कोरोनाको कुनै लक्षण नदेखिएपछि १४ दिन आइसोलेसन र १४ दिन क्वारेन्टाइनमा बसेर डिस्चार्ज भएको नेपाली सेनाले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस