प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउमा सेवा लिनेको सख्ंयामा कमी

प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँमा आर्थीक बर्ष २०७६/०७७ मा स्वास्थ्य संस्थामा सेवा लिन आएका सेवाग्राहिको संख्या घटेको देखिएको छ । गत बर्ष २०७५/०७६ भन्दा आर्थीक बर्ष २०७६/७७ मा ३०.७० प्रतिशतले घटेको हो । गत बर्ष सेवा लिन आउँने सेवाग्राहिको संख्या १४ हजार ५ सय ११ थियो भने यस आर्थीक बर्षमा १० हजार ५५ रहेको छ । यस्तै २०७४/०७५ मा स्वास्थ्य संस्थामा सेवा लिन आउनेको संख्या १० हजार ६ सय ९४ रहेको हेल्थ असिस्टेन्ट दोर्ण वलीले जानकारी दिनुभयो । अझै पनि घरमै डेलिभरी हुने, अथवा धेरै संख्यामा बाहिर जाने, मेडिकलको औषधि सेवन गर्ने गर्नाले सेवा लिने सेवाग्राहिको संख्या घटेको उनले बताए । हेल्थ असिस्टेन्ट वलीका अनुशार आधारभुत स्वास्थ्य केन्द्र प्रभावकारी रुपमा संचालन नभएको समेत बताउनुभयो । स्वास्थ्य केन्द्रमा सबै सेवा हुनुपर्ने भन्दै अहिले बाल पोषण केन्द्र संचालनमा ल्याउन सफल भएको बताए । कोभिड १९ का कारण यस आर्थीक बर्षमा सेवा लिने विरामीको संख्यामा कमी आएको उहाले बताउनुभयो ।   
स्वास्थ्य संस्थामा पोषण कार्यक्रमको प्रगतीमा गत बर्ष १ सय ८९ थियो भने २०७६/७७ मा १ सय ६३ यस्तै स्वास्थ्य संस्थाबाट १ साइकल बालभिटा पाउने ६ देखि २३ महिना बच्चाको संख्यागत बर्ष १ सय ५९ र २०७६/७७ मा आई घटेर १ सय १२ रहेको छ भने ३ साईकल बालभिटा पाउने ६ देखि महिनाको बच्चाको संख्या क्रमशः ५५ र ३२ रहेको तथ्यांकमा उल्लेख छ । 
यस्तै नवजात शिशुमा गम्भिर संक्रमणको अवस्थामा २ महिना शिशुमा गम्भिर संक्रमणको सख्ंयागत बर्ष १० र २०७६/७७ मा ६ मा झरेको छ भने संक्रमित मध्ये जेन्टामेकिंगको पुरा डोज पाउनेको संख्या क्रमशः २ र ३ संख्यामा छ ।
५ बर्ष मूनीका बालबालीकामा निमोनीयाको अवस्थाको तथ्ंयाकमा ५ बर्ष मुनिका स्वासप्रश्वास बिरामी संख्या गत बर्ष १ सय ५४ २०७६÷७७ मा १ सय ४५ जना रहेका छन् । यस्तै मध्य निमोनीया र कडा निमोनियाको संख्या क्रमशः ६५ र ६५ जना रहेका छन् भने निमोनीयाको बिरामी मध्ये एन्टिबायोटिक बाट उपचार भएको संख्या क्रमशः ७५ र ७५ जना रहेको तथ्यांकमा उल्लेख छ । 
यस्तै ५ बर्षमूनीका जलबियोजनका बिरामी संख्या गत बर्ष १ सय ४७ र २०७६/७७ मा ० रहेको छ । यस्तै जिवनजल र जिंक चक्किबाट उपचार संख्या क्रमशः २ सय ६ र ० रहेको छ । यस्तै २०७५/७६ मा १ सय ५६ र यस आर्थीक बर्षमा ० झरेको छ ।
स्वाँस्थ्य संस्थामा गर्भवती जाचँको बिबरणमा गत बर्ष पहीलो जाचँ गर्नेको संख्या गत बर्ष १ सय ६५ थियो आर्थीक बर्ष २०७६/७७ मा १ सय ७७ थियो भने गर्भवती हुदा १८० आईरन चक्कि खानेको संख्या गत बर्ष ८० थियो भने यस आर्थीक बर्षमा ९४ थियो । संस्थागत सुत्केरी संख्या गत बर्ष ६८ थियो भने आर्थीक बर्षमा ४५ जना, सुत्केरी पश्चात भिआईटि –ए पाउनेको संख्या गत बर्ष ६८ जना आर्थीक बर्षमा ४५ जना नाभिमलम पाउने नबशिशुको संख्या गत बर्ष ६८ जना र आर्थीक बर्षमा ४५ जना , प्रोटोकल अनुशार पिएनसी सेवा लिनेको संख्या गत बर्ष ७ जना आर्थीक बर्षमा २१ जना, सुत्केरी तथा गर्भपतन सेवाको बिबरण अनुशार गर्भपतन सेवा लिएका महिलाको संख्या गत बर्ष १५ आर्थीक बर्षमा २३ जना, प्रशुती जटिलता पाएका महिलाको सख्ंया गत बर्ष २ र आर्थीक बर्षमा १ जना मात्र रहेको पाईएको छ । 
परिवार नियोजन सेवाको बिबरण अनुशार पिल्सको हाल प्रयोगकर्ता गत बर्ष ४५ जना र आर्थीक बर्षमा २८, डिपोको गत बर्ष १ सय ८ जना र आर्थीक बर्षमा ९४ जना, आईयूसिडिको हाल प्रयोगकर्ता गत बर्ष १ सय ५ जना आर्थीक बर्षमा १ सय ७ जना, ईम्पलान्टको हाल प्रयोगकर्ता गत बर्ष १ सय ५६ जना आर्थीक बर्षमा १ सय १५ जना रहेका छन् । स्वास्थ्य संस्थामा क्षयरोग जम्मा बिरामी संख्या गत बर्ष १२ जना यस आर्थीक बर्षमा २० जना रहेका थिए । क्षयरोग जम्मा पिबिसि बिरामी संख्या गत बर्ष ११ जना र आर्थीक बर्ष २०७६/७७ मा ११ जना रहेका थिए । यस्तै क्षेयरोगको सफल उपचार संख्या गत बर्ष ११ जना थियो भने यस आर्थीक बर्षमा घटेर ७ मा झरेको छ । 
स्वास्थ्य संस्थामा सेवा लिन आएका नयाँ बिरामी संख्या गत बर्ष ८ सय ६ जना रहेका थिए भने यस आर्थीक बर्षमा १७ सय ८६ जना रहेको तथ्यांकमा उल्लेख छ । यस्तै दोहोरीएर सेवा लिन आएका संख्या गत बर्ष १४ हजार ५ सय ११ जना रहेका थिए । यस आर्थीक बर्षमा १० हजार ५५ जना रहेको तथ्यांकमा उल्लेख छ । 
स्वास्थ्य संस्थामा प्रयोगशालामा ४ हजार २ सय ६८ जनाले विभीन्न रोगको परिक्षण गरेका थिए भने ओपिडी सेवा लिनेको जातीगत विवरण अनुशार जनजाती २ हजार ७ सय ८५, ब्राह्मण ÷क्षेत्री ४ सय १३, दलीत १६ सय ५९ मुस्लिम ५, मधेशी २ र अन्यमा १ सय ४० जना रहेका छन् । यस आर्थीक बर्षमा सबै भन्दा बढि माथिल्लो स्वास मार्गमा संक्रमणका बिरामी बढि देखिएका थिए जसमा ४ सय ७२ जना थिए । त्यस्तै अमलपित्तका ४ सय ३७, स्वासमार्गको संक्रमण ४ सय १६, आउ,३ सय ५२, लुतो ३ सय १७, मुत्रमार्गको संक्रमण २ सय ५४, दाद २ सय ४७, कलेजोजन्य रोग २ सय४३, मधुमेह २ सय ३५, टन्सील २ सय ३४ जनामा रोग देखिएको थियो ।  
               
                   स्वास्थ्य संस्थाको भौतीक अवस्थामा सुधार 
५ बिघा ५ कट्ठा २ धुर क्षेत्रफलमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँमा स्वास्थ्य सस्ंथाको आफनै भवनबाट सेवा दिईरहेको छ । स्वास्थ्य संस्थामा पुग्न मोटरबाटो देखि १ सय मिटर दुरीमा रहेको छ । भवनमा कोठा प्रयाप्त मात्रामा रहेको स्वास्थ्य केन्द्रले जनाएको छ । यस्तै स्वास्थ्य सस्ंथामा मापदण्ड अनुशारको प्रसुति केन्द्र भवन, प्रशुती केन्द्रमा प्लासेन्टा पिटको ब्यवस्था, अपांगमैत्री तथा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै शौचालय, नर्सिङ स्टाफका लागि आवासको ब्यवस्था, शुद्ध खानेपानी, बिधुतको नियमीत, सोलार ब्याकअप, १५ सय वाटको सोलार, एम्बुलेन्स सेवा, स्ट्रचर, कम्पयुटर वा ल्यापटपको ब्यवस्था रहेको स्वास्थ्य केन्द्रले जनाएको छ । यस्तै स्वास्थ्य संस्थाले सुरक्षीत रुपमा गर्भपतन सेवा, ५ वटै अस्थाई परिवार योजना सेवा, किशोर किशोरीमैन्त्री स्वास्थ्य संस्था,पोषण पुनस्थापना गृह,माइक्रोस्कोपिक सेन्टर, न्यूवर्न करनर सेवा, नागरिक वडापत्र,अत्यावश्यक औषधिको उपलब्ध रहेको छ । नागरीकहरुको सहजताका लागि स्वास्थ्य सामग्री सहित स्वास्थ्य  केन्द्र अन्र्तगत गाउँघर किल्निक पर्सढवा र बोगटिमा रहेका छन भने खोप किल्निक पर्सढवा, बोगटि, सिम्ठानामा र स्वास्थ्य केन्द्रमा रहेको छ । आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा न. ७ मा स्थापना गरिएको छ । स्वास्थय संस्थामा अहिले मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट, अनमी, अहेव, ल्याव असिस्टेन्ट, कार्यालय सहयोगी एम्बुलेन्स ड्राईभर गरि स्वीकृत दरबन्दिमा १२ र करारमा ५ जना कर्मचारी रहेका छन् भने महिला स्वास्थ्य स्वमसेविका १७ जना रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. रविन गौतमले जानकारी दिनुभयो ।   

प्रतिकृया दिनुहोस