समुदायमा कोरोना संक्रमण ,लकडाउन पुन लाग्ने तयारी

दाङमा कोभिड (१९ रोकथाम र नियन्त्रणका लागिका पुन लकडाउन लगाउने तयारी गरिएको छ । जिल्लाका केही पालिकाका टोलमा समेत कोरोना संक्रमण भएको पुष्टि भएपछि त्यसको रोकथाम र नियन्त्रणक लागि पून लकडाउन लगाउने तयारी गरिएको हो । लकडाउनको मोडालिटीका सम्बन्धमा आज मध्यान्ह् जिल्ला प्रशासन कार्यालयमा सिसिएमसीको बैठक बस्ने तयारी भएको छ । शनिबार नभए आईतबारदेखि लकडाउन लगाउने सम्भाबना बढदै गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तुलसीपुरमा समुदायभित्र कोरोना भाईरस संक्रमण भएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेपछि तुलसीपुर उपमहानगरपालिका निरन्तर छलफलमा जुटेको छ । समुदायमा कोरोना छिरी सकेको अवस्था भएकाले तत्काल यसलाई नियन्त्रण नगरे भयावह अबस्था हुने स्वास्थकर्मीहरुको सुझाव आएपछि बुधबार देखि छलफलमा जुटेको हो ।  बिहीवार नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको सर्बदलिय एव सर्बपक्षिय बैठकमा सहभागीले लकडाउनको विकल्प नभएको बताएका छ्न् । बैठकमा सहभागी स्वास्थकर्मीहरुले अबस्था भयावह अबस्था हुन लागेको बताएका थिए ।   डाक्टर पदम अधिकारी, डाक्टर गोकर्ण दहाल, स्वास्थकर्मी ॐ पी न्यौपाने, बिमल केसी, दोर्ण वली , निजी अस्पतालका सन्चालक हरी रिजाल,लगाएतले कोरोना सक्रमणको अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो । 
प्रहरी नायब उपरीक्षक शिव बहादुर सिहले ५ सय ७७ वटा सुरिक्षा सामितिको सहयोग लिईने तयारी गरेको बताउनु भयो । तर लकडाउन हप्ता एक दिन लगाउनु पर्ने सुझाब दिनु भयो ।
कार्यक्रममा  दङिगशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी,नेकपाका नगर अध्यक्ष खुसिराम चौधरी ,नेपाली काग्रेसका जगत खडका, मसालका भरत भण्डारी,समाजबादिका जीवन भण्डारी, ईश्वरी गैरे, वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकाल, वडा नम्बर  ५ का सदस्य अजय बुढाथोकी, तुलसीपुर उद्योग बाणिज्य सघका अध्यक्ष बिरबहादुर राउत, पुर्ब अध्यक्ष बिमल रिजाल, तुलसीपुर चेम्बरस अफ कमर्सका सचीव ऋषि भण्डारी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिव सुशील बस्नेत, पत्रकार सगित बस्याल, यातायात व्यावसायि प्रीतम श्रेष्ठ,तुलसीपुर जेसिजका अध्यक्ष मोहन सुनार लगायतले लकडाउनको विकल्प नभएको सुझाब दिनुभयो । 
साथै लक्डाउनलाई ब्यबस्थित बनाउ उपमहानगरपालिका र स्थानीय प्रशासनलाई आग्रह गर्नु भयो । लकडाउन प्रभावकारी रुपमा लागू गर्ने सन्दर्भमा व्यावसायि, राजनीतिक दलले युबा परिचालन गर्ने सन्दर्भमा सहयोग गर्नु पर्ने लगायतका सुझाब दिनुभएको छ । कार्यक्रमको सहजीकरण वडा नम्वर ६ का अध्यक्ष एव बिपद ब्यबस्थापन समितिका संयोजक नबराज लामिछानेले गर्नुभएको थियो ।यस्ता छलफल १० वटै पालिकामा गरि यी छ्लफलबाट आएको सुझाब र सिसिएमसीले लकडाउनको मोडालिटी बन्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस