पूर्बमन्त्री बिष्टमगर रातकी रानीमा मस्त

रातकी रानी सँग मस्त भएका तत्कालिन नेकपा माओबादी पार्टीका प्रभाबशालि नेता एबम पूर्बपर्यटन मन्त्री लोकेन्द्र बिष्ट दुर्ई बर्षमै पुन चर्चामा आउनुभएको छ ।
दाङको बिजौरीमा २ बर्ष अघि शुरु गरेको ड्रागन फल –रातकी रानी– रोपेर उहाँ चर्चामा आउनुभएको हो ।
जन्म र राजनीतिक थलोको रुपमा रुकुमका बिष्ट मगर कृषि कर्मको थलको रुपमा दाङलाई रोज्नुभएको छ । दुई पटक मन्त्री भइसकेका विष्ट मगर पछिल्लो समय राजनीतिलाई छाडेर व्यवसायिक कृषि पेसामा लाग्नुभएको छ ।
सशस्त्र द्धन्दकाल देखि शान्तिपूर्ण राजनीतिक यात्रामा समेत निकै चर्चामा आई रहने बिष्ट मगरले राजनीतिका कुरा भन्दा ब्यबसायिक कृषि प्रणालीका बारेमा अचेल बढी कुरा गर्न रुचाँउनुहुन्छ ।
पूर्वमन्त्री विष्ट मगरले करिब १५ वर्षको लामो अनुसन्धानबाट यो खेतीको सुरु गरेको बताउनुभयो ।
केहि वर्षदेखि विभिन्न स्थानहरुमा कालो धानको खेती गर्दै आएका उहाले करिब २ वर्षदेखि तुल्सीपुर उपमहानगरपालिका १८ बिजौरी दाङमा ६६ कठ्ठामा जमिन १५ वर्षको लागी भाडाँमा लिएर ड्रागन फल खेती सुरु गर्नुभएको हो ।
यो विरुवा रोपको करिब २ वर्ष भित्र फल्ने भएता पनि २०७५ सालमा रोपेको ६ महिनमा फलेका थिए । विरुवाहरु छिप्पेको हुनाले रोपको ६ महिनामा फल्न शुरु गरेको उहाँले बताउनुहुन्छ ।
यो फलको नेपालमा भित्रिएको झण्डै दुई दशक पुगेको छ ।
मानव शरिरमा रोगसँग लड्न सक्ने तत्व पाईने भएकाले अहिले संसारका यसको महत्व बढ्दै गएको उहाले बताउनुभयो ।
विष्टको फर्ममा अहिले ६÷७ हजार ड्रागनका बोटहरु छन् । ति मध्य अहिले ३ हजारमा उत्पादन शुरु भएको उहाँले बताउनुभयो  ।  
फर्मबाट उत्पादन भएका फलले बजार नपाउला भन्ने चिन्ता नै नरहेको उहाँले बताउनुभयो ।  
अहिले दिनहुँ दर्जनौँ मानिसहरू ड्रागन फल किन्न आउने उहाँले बताउनुभयो । अव भने खेति गरेर बस्ने भन्दा पनि प्रशिक्षक बन्ने चाहना उहाले लिनुभएको छ ।
रातकी रानी ड्रागन फ्रुटले दाङमा मात्र होईन नेपालका अधिकांस जिल्लामा चर्चामा आएको छ । विभिन्न संचार माध्याममा ड्रागन फ्रुटको थाहाँ पाएका बामदेव बिष्ट फलको स्वाद चाख्न कृषि फर्ममा पुग्नुभएको छ । उहाले भन्नुभयो,नयाँ फल चाख्नलाई विष्टमगरको  फर्ममा  लिन आएको हु ।
तुलसीपुर उपमहानरपालिकाकी महिला तथा बालबालिका शाखाकी अधिकृत माया श्रेष्ठले दाङमा नयाँ फल खाना पाउँदा खुशी लागेको बताउनुभयो । 
उहाँले यो फर्म देख्दा कहिले खाना पाईन्छ जस्तो लागेको भएता पनि अहिले खादाँ एकदमै खुशी लागेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस