दाङमा आज थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

दाङ जिल्लामा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको कोरोना परिक्षणका क्रममा बुधवार लमहीका ३ जना र तुलसीपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो । लमही नगरपालिकाका वडा नं. ५ का २४ बर्षीय र ३३ बर्षीय र वडा नं. ७ का २५ बर्षीय पुरुषहरु रहेका छन् । त्यस्तैगरी तुलसीपुर उप महानगरपालिका वडा नं २ का २८ बर्षीय एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या  ५ सय ९९ जना पुगेको छ । तर यसमध्ये हाल दाङमा २ सय १९ जना उपचाररत् छन् भने ३ सय ७८ जना निको भएर घर फर्कीएका छन्। 

प्रतिकृया दिनुहोस