साउन २५ र २६ गते हुने महासंघको अधिबेशनमा दाङका रिजालको उम्मेदवारी

साउन २५ र २६ गते हुन लागेको नेपाल उद्योग बाणिज्य महासघको महाधिवेशनमा केन्द्रिय सदस्यमा तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजालले उम्मेदवारी दिर्ता गराउनुभएको छ ।
महासंघको कार्यकारिणि समितिको सदस्य पदमा तुलसीपुर उद्योग बाणिज्य संघको तर्फबाट रिजालले उम्मेदवारि दर्ता गराउनुभएको हो । सफाई अभियानन्ता,टरीगाँउ एरपोर्ट सञ्चालन,जिल्लाको समग्र विकासका लागि बिभिन्न पक्षसँग पहल गर्ने ब्यक्तिको रुपमा रिजालले छुट्टै पहिचान बनाउनुभएको छ । उहाको सक्रियता समुदायमा मात्र होईन नेपाल उद्योग बाणिज्य महासंघ र जिल्लाका संघहरुमा पनि चर्चामा छ ।
प्रत्यक्ष निर्बाचनबाट १८ जना केन्द्रिय सदस्यहरु निर्बाचित हुने बैधानिक ब्यबस्था छ ।
चैत अन्तिम साता हुनुपर्ने चुनाव कोरोना महामारीका कारण साउन २५ र २६ गतेका लागि सारिएको थियो ।
नयाँ मिति तय भएसँगै यतिबेला आकांक्षीहरूले दौडधुप तीव्र बनाएका छन् ।
विधानअनुसार महासंघको आगामी नेतृत्व शेखर गोल्छाले गर्ने पहिल्यै तय छ ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था विधानमा भएकाले उहाको नेतृत्व निश्चित प्राय छ ।
मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा केन्द्रित हुने छ ।
वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय चन्द्र प्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस