दाङमा आर्थिक बर्ष २०७७/०७८ का लागि १० स्थानीय तहबाट ८ अर्ब बढी बजेट प्रस्तुत

दाङका १० वटा स्थानीय तहहरुले असार १० गते प्रस्तुत गरेको बजेट करिव ८ अर्व भन्दा बजेट छ । १० वटा पालिकाले ८ अर्व ४० करोड ३५ लाख ३२ हजार ९ सय २८ रुपैयाको अनुमानित आय ब्ययको बजेट प्रस्तुत भएको छ  ।
तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि २ अर्ब ३४ करोड ३७ लाख ६४ हजार बजेट प्रस्ताव गरेको छ ।
पाँचौ अधिवेशनको तेस्रो बैठकमा पुँजीगततर्फ नगर, वडा स्तरीय पूर्वाधार विकास र अन्य सशर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि १ अर्ब ६८ करोड ४७ लाख र चालुतर्फ ६६ करोड २० लाख ६४ हजार बजेट सार्वजनिक  गरिएको छ । बजेट पुँजीगतर्फ ७२ प्रतिशत र चालुतर्फ २८ प्रतिशत रहेको छ ।
आगामी आर्थिक बर्षमा आन्तरिक स्रोतबाट ३० करोड, युनिसेफबाट अनुदान ७५ लाख, सामाजिक सुरक्षा कार्यक्रमका लागि ३० करोड, संघीय सरकारको वित्तीय समानीकरण अनुदान ३० करोड ४५ लाख, सशर्त अनुदान विषयगत ६० करोड ३४ लाख, राजश्व बाँडफाँडबाट १९ करोड २६ लाख ३९ हजार, समपूरक अनुदान १ करोड ४९ लाख, विशेष अनुदान २ करोड ५० लाख, जिल्ला समन्वय समिति राजश्व बाँडफाँडबाट ३ करोड, साथै प्रदेश सरकारको वित्तीय समानीकरणबाट ७५ लाख ६० हजार, सशर्त अनुदानबाट २ करोड ३२ लाख ५० हजार, राजश्व बाँडफाँडबाट २ करोड १५ हजार, विभिन्न कोष, लगानीसमेतमा १० करोड, समपूरक अनुदानमा ८० लाख, सडक बोर्डको रकम ७० लाख, नगर विकास कोषबाट २५ करोड ऋण र संघीय सरकार, प्रदेश सरकार र अन्य निकाय वा संस्थाबाट वितरित आन्तरिक ऋण तथा अनुदान र अन्य स्रोत १५ करोड आय हुने अनुमान गरिएको छ ।
घोराही उप महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब ८५ करोड २२ लाख ९३ हजार बिनियोजन गरेको छ ।
उपमहानगरपालिकाले प्रस्ताव गरेको कुल विनियोजनमध्ये चालुतर्फ १ अर्ब ८ करोड ५७ लाख २२ हजार अर्थात् ५८.६० प्रतिशत र पुँजीगततर्फ ७६ करोड ६५ लाख ७१ हजार अर्थात् ४१.४० प्रतिशत विनियोजन गरीएको छ ।
बजेटमा आन्तरिक आयबाट २५ करोड, संघीय वित्तीय सामानीकरण अनुदानबाट ३२ करोड ७२ लाख, संघीय राजश्व बाँडफाँडबाट २१ करोड १२ लाख १० हजार ६ सय, संघीय सशर्त अनुदानबाट ६४ करोड ७ लाख, संघीय समपूरक अनुदानबाट ७२ लाख, प्रदेश सामानीकरण अनुदानबाट ७९ लाख ७३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ७१ लाख १९ हजार, प्रदेश सशर्त अनुदानबाट ७ करोड ६८ लाख ५० हजार र प्रदेश समपूरक अनुदानबाट ३ करोड व्यहोरिने छ । यसबाट नपुग हुने रकम २७ करोड ४० लाख ४० हजार ४ सय बैंक मौज्दातबाट व्यहोरिने छ ।
लमही नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ८३ करोड ७४ लाख ५६ हजार ७ रुपैयाँको बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले चालुतर्फ ४१ करोड ५ लाख ५६ हजार ७ रुपैयाँ र पुँजीगततर्फ ४१ करोड ८९ लाख बजेट विनियोजन गरिएको छ ।
राजपुर गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०७७/०७८ का लागि ५० करोड ८७ लाख १७ हजारको बजेट प्रस्ताव गरेको छ ।
गाउँपालिकाले चालुतर्फ १० करोड १३ लाख ६७ हजार र पँुजीगततर्फ ४० करोड ७३ लाख ५० हजार विनियोजन गरेको छ ।
बबई गाउँपालिकाले ४६ करोड २१ लाख ५६ हजार ३६१ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ ।
गाउँपालिकाले ७०.५९ प्रतिशत पुँजीगत र चालुतर्फ २९.४१ बजेट प्रस्ताव गरिएको छ ।
बंगलाचुली गाउँपालिकाले आउँदो आर्थिक बर्षका लागि ५१ करोड ६३ लाखको बजेट प्रस्ताव गरेको छ ।
पुँजीगततर्फ २२ करोड ४६ लाख अर्थात ४४ प्रतिशत र चालुतर्फ शिक्षा र स्वास्थ्यको तलब भत्ता, कार्यक्रम, सामाजिक सुरक्षा रकम ५ करोड २० लाखसहित २८ करोड ९९ लाख अर्थात ५६ प्रतिशत प्रस्ताव गरेको हो ।
गढवा गाउँपालिकाले ५२ कारोड १८ लाख २४ हजारको बजेट प्रस्ताव गरेको छ ।

प्रतिकृया दिनुहोस