१९ जना थपिदा दाङमा कोरोना संक्रमित ३०४

दाङ मंगलबार  थप १९ जना संक्रमित भएका छन । बंगलाचुली गाउँपालिका र लमही नगरपालिकामा थप भयाँ कोरोना संक्रमित पुुुष्टि भएका हुन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा मंगलवार पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा बंगलाचुलीका १८ र लमही नगरपालिकाका १ जना गरी १९ जनामा कोरोना पुष्टि भएको हो l
जसमा बंगलाचुली गाउँपालिकाको मुलाबारी भेडाबारीको क्वारेन्टाईनमा बसेका मध्ये ४५ जनाको नमुना परिक्षण गर्दा बंगलाचुली ४ का १७, १७, १८, २२, २३, २७, ३० र ४३ बर्षका ८ जना, वडा नम्बर ४ का १९ र २१ बर्षका दुई जना, वडा नम्बर ५ का २९ र ३२ बर्षिय पुरुष, वडा नम्बर ८ का १८, २१, २२, २४ र २९ बर्षिय ५ जना , वडा नम्बर १० का ११ बर्षका एक जना र लमही नगरपालिका ६ का १७ बर्षिय एक जना गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ३०४ पुगेको छ। यस अघि सोमवार मात्रै १३ जनामा कोरोना पुष्टि भएको थियो ।  तर हाल सम्म ९२ जना निको भएर घर फर्किएका छन ।

प्रतिकृया दिनुहोस