दाङमा थप ४ सहित कोरोना संक्रमितको संख्या २५६

दाङमा आज थप ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा तुलसीपुर उपमहानगरपालिकाका २ जना,   शान्तिनगर गाउँपालिका वडा नं. ३ का ४८ बर्षीय एक पुरुष र घोराही उपमहानगरपालिका वडा नं. १० का ३२ बर्षीय एक पुरुषमा पनि विहीवार कोरोना संक्रमन पुष्टि भएको छ । यो संगै दाङमा मात्रै कोरोना संक्रमितको संख्या २ सय ५६ पुगेको छ । शान्तिनगर गाउँपालिकामा संक्रमित भेटिएको यो पहिलो घटना हो ।  तुलसीपुर उपमहानगरपालिका १५ को भिउडर माविको क्वारेन्टाईनमा रहेका ५६ जना मध्ये एक जना ४७ बर्षिय पुरुष, तुलसीपुर १५ कै मावि कालाखोला क्वारेन्टाईनमा रहेका ४६ जना मध्य एक जना २४ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । 

त्यसैगरी, शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ स्थित जनकल्याण मावि बाघमारे क्वारेन्टाईनमा रहेका ९१ जना मध्ये ४८ बर्षिय एक जना पुरुषमा कोरोना देखिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ । यसैविच घोराही उपमहानगरपालिकाको नारायणपुर स्थित आइसोलेशनमा भर्ना भएका संक्रमित मध्य ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पुनः जाँच गरिएको ५ जना मध्ये एक जनामा भने कोरोना भाइरसको संक्रमण कायमै रहेको देखिएको छ ।  बितेको २४ घण्टामा प्रतिष्ठानमा एक सय ८ जनाको स्वाब परिक्षण भएकोमा ४ जनाको पोजेटिभ नतिजा आएको हो । यो सँगै दाङमा कोरोना संक्रमितको २ सय ५५ पुगेको छ । अब प्रतिष्ठानमा ३ हजार ९ सय ४७ जनाको स्वाब परिक्षण हुन बाँकी रहेको छ।
 

प्रतिकृया दिनुहोस