थप ४ सहित दाङमा कोरोना संक्रमितको संख्या ८० पुग्यो 

तुलसीपुर, २६ जेठ । नेपालमा  थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ९, सुनसरीका १, मोरङका ९, पाँचथरका १, सप्तरीका ६, धरानका १६, जनकपुरका १५, स्याङजाका १, कास्कीका १, पर्साका ८, बाराका ७, रौतहटका ४,दाङका ४, बाँकेका १, बर्दियाका १८ र दैलेखका १० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सल्यानका ५, सुर्खेतका १, अर्घाखाँचीका ३१, गुल्मीका १, कपिलवस्तुका १६, नवलपरासीका २, पाल्पाका १, प्युठानका ८, स्पन्देहीका ५, कपिलवस्तुका ७, महोत्तरीका १२, रौतहटका ७ र सर्लाहीका १०६ जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ। यस्तै कोरोना भाइरसबाट अहिलेसम्म ७१ जिल्ला संक्रमित भएका छन्। नेपालमा हालसम्म १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेका छ । यसैवीच दाङमा पछिल्लो पटक थपिएका ४ जना समेत गरि जिल्लामा संक्रमितको संख्या ८० पुगेको छ । 

प्रतिकृया दिनुहोस