आज थप ९ संगै दाङमा कोराना संक्रमितको संख्या ३४ पुग्यो 

तुलसीपुर, १८ जेठ । दाङमा आइतबार थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पिसिआर परिक्षणमा दाङका ४ पालिकाका ९ जनाका कोरोना संक्रमण भएको पुष्टी भएको छ । यो संगै दाङमा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ ।  नयाँ फेला परेका संक्रमितहरुमा तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २, राप्ती गाउँपालिका र लमही नगरपालिकाका १÷१ जनारहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का १ जना, वडा नं. १५ का १ जना र वडा नं. १६ का ३ जना रहेको पाइएको छ ।  दाङमा देखिएका सबै संक्रमित भारतका विभिन्न ठाउवाट नेपाल आएका बताइएको छ । भारतवाट नेपाल छिर्ने वित्तिकै उनीहरु विभिन्न क्वारेन्टिनमा रहेका थिए । 

प्रतिकृया दिनुहोस