बलिउड अभिनेता ऋषी कपुरको निधनमा कसले के भने ?

एकजना भेट्रान बलिउड कलाकार ऋषि कपूरको निधनपछि सिंगो बलिउड स्तब्ध छ । ऋषीको कलाकारिताका नेपाली फ्यानहरु पनि थुप्रै छन् । छिमेकी देश भारतवाट एकपछि अर्को गर्दै आएका दुखद खवरले नेपाली दर्शकहरु माझ पनि एक प्रकारको स्तब्धता छाएको छ । अस्तिमात्र अर्का चर्चित कलाकार इरफान खानको निधन लगत्तै ऋषी कपुरको निधनको खबरले बलिउडलाई ठूलो क्षति पुगेको छ ।  

ऋषीको निधनप्रति बलिउडका चर्चित नेता, अभिनेताले श्रद्धाञ्जली व्यक्त गर्दै दुख ब्यक्त गरेका छन् । भारतीय फिल्म  उद्योगमा एकपछि अर्को दुखद घटनालाई चर्चित भारतीय अभिनेता अक्षय कुमारले 'ठूलो झट्का' भनेका छन् । 
कांग्रेस नेता राहुल गांधीले  ऋषि कपूरको  निधनमा गहिरो दुख ब्यक्त गरेका छन् । राहुल गांधी लेख्छन् -'यो हप्ता भारतीय सिनेमाका लागि ठूलो दर्दको क्षण हो ।'  भारतीय सूचना-प्रसारण मंत्री प्रकाश जावड़ेकरले पनि ऋषि कपूरको निधनप्रति गहिरो दुख व्यक्त गर्दै  'अचानकको यो दुखद खवरले हैरानी वनाएको छ, भनेका छन् । 
अभिनेत्री प्रियंका चोपड़ाले पनि  आफ्नो इंस्टाग्राम अकाउंन्टमा  ऋषि कपूरको साथमा तस्बिर पोष्ट गरेर दुख व्यक्त गर्दै लेखेकी छन् - 'दिल भाबुक भएको छ, ऋषी कपुरको निधनले एक युगको अन्त्य भएको महसुस गरिरहेकी छु ।' 
बलिउडमा सबैभन्दा ठूलो कपुर परिवारको चिरागका रुपमा ऋषीले आफ्नो फिल्मी यात्रालाई शसक्त बनाएका थिए । बाँबी सिनेमावाट आफ्नो फिल्मी करियर शुरु गरेका ऋषीको पथलाई उनका छोरा रणबीर कपुरले अहिले अघि बढाइरहेका छन् । 
९० भन्दा वढि लोकप्रिय सिनेमामा अभिनय गरेका ऋषीको आज मुम्बइ स्थित एक अस्पतालमा विहान स्थानीय समय ८:४५ बजे निधन भएको हो । उनी विगत दुइ वर्ष यता क्यान्सर रोगवाट पीडित थिए । उनका चर्चित यादगार सिनेमाहरुमा नसीब, अमर अकवर एन्थोनी, दिवाना, मुल्क, कर्ज, लैला मजनु, प्रेम रोग, कुली, हिना, चांदनी, नगीना, वोल राधा वोल, १०२ नाट आउट, लगाएत छन् । 

प्रतिकृया दिनुहोस