गिनीज बुकमा नाम लेखाउने संगितकार श्रेष्ठलाई सम्मान

बिश्वभरमै सबेै भन्दा बढी भाषामा संगित भर्ने दाङका सन्तोष श्रेष्ठलाई तुलसीपुरमा सम्मान गरीएको छ । 
हालसम्म सांगेतिक क्षेत्रमा सवैभन्दा बढी भाषामा संगित भरेको भन्दै गिनीज बुक अफ दी वल्र्डमा नाम लेखाउन सफल हुनुभएको छ । 
नेपाली, अग्रेजी, जापानी, कोरीयन, हिन्दी, चाईनिज, रसियन, थाई, ईटालियन, जर्मनी, फे्रन्च भाषाको गीतमा संगित भर्ने घोराही निवासी सन्तोष श्रेष्ठलाई चलचित्र पत्रकार संघ दाङले शनिबार सम्मान गरेको   हो ।
संघका अध्यक्ष शिव पुनको अध्यक्षतामा गिनीज बुक अफ दी वल्र्डमा किर्तिमान काम गराउन सफल श्रेष्ठलाई सम्मान पत्र प्रदान समेत गरीएको थियो ।
कार्यक्रममा सम्बोधन गर्नुहुदै बिश्वकिर्तीमान कायम गराउन सफल भएका श्रेष्ठले चलचित्र पत्रकार संघले सम्मान गरेकोमा खुशी ब्यक्त गर्नुभयो ।
सो अवसरमा सामुदायिक रेडियो प्रशारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी,पत्रकार संगित बस्याल,शरद रेग्मी,डाक्टर लोकराज पराजुली,गितकार प्रकाश के.सी.र प्रबल बिष्ट,साहित्यकार कमलमणी देवकोटा लगायतले संगितकार श्रेष्ठले विश्वकिर्तिमान कायम गराउदा नेपाल र नेपालीको पहिचान गराउन सफल हुनुभएको भन्दै उहाँको प्रशसा गर्नुभएको थियो ।
कार्यक्रममा संघका उपाध्यक्ष सन्तोष के.सी.ले स्वागत मन्तब्य,धन्यबाद ज्ञापन संघका चेतन रेग्मी र सहजिकरण सचिब पूर्ण केसीले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस