बलिउडलाई एकपछि अर्को क्षती, इरफानको निधन लगत्तै अर्का  चर्चित भारतीय अभिनेता ऋषी कपुरको निधन 

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो । 
मंगलवार मात्र निधन भएका बलिउडका अभिनेता इरफान खानको हिजै मात्र अन्त्येष्टि गरिएको थियो ।  बुधबार दिउँसो मुम्बईको भरशोभा कब्रस्तानमा  खानको शव गाडिएको हो। परिवार, नजिकका आफन्त र साथीहरू बीच उनको अन्त्येष्टि गरिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार उनको अन्तिम विदाइमा बीस जनालाई मात्रै प्रवेश गर्न दिइएको थियो। मंगलबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसियूमा भर्ना भएका उनको बुधबार निधन भएको हो। खानको कोलोन इन्फेक्सनका कारण निधन भएको बताइएको छ। सन् २०१८ मा उनलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। एकपछि अर्को गर्दै बलिउडका भेट्रान कलाकारको निधनले बलिउड स्तव्ध बनेको छ । 

नयाँ पुस्ताका चर्चित कलाकार रणबीर कपुरका पिता समेत रहेका ऋषी तथा इरफानको निधनवाट नेपाली दर्शकपनि  दुखित  भएका छन् । 

प्रतिकृया दिनुहोस