विद्यार्थि माझ तुलसिपुर जेसिज


माघ ९ दाङ । तुलसिपुर नगर जेसिजको आयोजनामा डिभाइन टेम्पल एकेडेमी तुलसिपुरमा जेसिज इन स्कुल विषयक १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर नगरजेसिज वर्ष २०२१ का अध्यक्ष जेसी नारायण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जेसिका साथै यसको महत्व र उद्देश्यका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । 
जसको प्रशिक्षकमा जेसी सन्दिप भुसाल रहनुभएको थियो । कार्यक्रममा आस्था पाठ वर्ष २०२१ कार्यकारी उपाध्यक्ष जेसी बसन्त भण्डारीले गर्नुभएको थियो । यसैविच सो अवसरमा डिभाइन टेम्पल एकेडेमीका प्रिन्सिपल भोजराज न्यौपाने सहित विद्यालय परिवारले तुलसीपुर नगर जेसिज वर्ष २०२१ का नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

कार्यक्रमको सहजीकरण वर्ष २०२१ का महासचिव दामोदर न्यौपानेले गर्नुभएको थियो । साथै विगत देखि जारी जेसिज इन स्कुल कार्यक्रम आगामी दिनहरुमा अन्य स्कुलहरुमा सञ्चालन गरिने जेसिज वर्ष २०२१ का प्रवक्ता जेसी पुर्णबिक्रम डाँगीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस