असंवैधानिक कदमका विरुद्ध सडक संघर्ष विकल्प छैन : पुर्बमन्त्री गिरी

पुर्बमन्त्री एव नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले कम्युनिस्ट शासकको भनाई र गराईमा फरक हुने गरेको बताउनु भएको छ । मानव अधिकार तथा शान्ती समाज दाङ शाखाको २३ औ जिल्ला साधारण सभा तथा अधिबेशन र असंवैधानिक तथा अलोकतान्त्रिक तवरले प्रतिनिधि सभा विघटन : प्रतिगमनको सिलसिला बिषय बिचार गोष्ठीमा पुर्बमन्त्री गिरीले भनुभयो  दुईतिहाई बहुमत नजिकको नेकपा नेतृत्वको ओली सरकारले नागरिकलाई ठुला आश्वासन बाट्यो तर दियो प्रतिगमन । उहाले भन्नुभयो, अब यसको विरुद्ध लोकतान्त्रिक शक्ति , नागरिक समाज एक भएर सडकमा जानू पर्छ । 
संबिधानसभा सदस्य एव नेकपा नेतृ अनारकली मियाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको कार्य प्रतिगमन भएको र नेकपाको कार्यकर्ता हु भन्दा शरम लाग्ने अवस्था सिर्जना भएको बताउनु भयो ।
शान्ति समाजका केन्द्रिय महासचिव सुशील बस्नेतले प्रधानमन्त्री ओलीको सनक र स्वच्छचारीताका कारण नागरिकले शान्ति र सुशासन भन्दा कुशासन पाएको बताउनु भयो । सो अवसरमा नेपाली काङ्ग्रेसका नेता सुरेन्द्र खडका,शान्ति समाजका पुर्ब केन्द्रीय उपसभापति मोहन धिताल, शाखा पुर्ब सभापति डिल्लीराज धिताल, निर्मल नेपाली, सुरेश श्रेष्ठ, सल्यान शाका सभापति डा. प्रेम योगी, बिभागीय  संयोजक शिव शंकर गिरी, ब्राह्मणकुमारी अनिता , तुलसीपुर उद्योग बाणिज्य सघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे,नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी,थारु कल्याणकारी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण बहादुर चौधरी ,तुलसीपुर खानेपानी संस्थाका अध्यक्ष खेमराज ओली, लायन्स क्ल तुलसीपुरका उपाध्यक्ष गणेश अधिकारी,महिला अधिकारकर्मी देवा डाङी, जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारी,चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुन, समाजसेवी टोपबहादुर महतरा,अपांग समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कडेल लगायतले मन्तब्री ब्यक्त गर्नु भएको थियो । 

       अधिबेशनले २०७७-२०७९ का लागि
सभापति -तुलसीराम सुनार 
उपसभापति - नबिनकुमार पोख्रेल 
सचिब - निर्मला डाङी योगी
कोषाध्यक्ष - कोमल डाङी
सहसचिव - उषा गौतम 
सदस्य :-
माधब बस्नेत
तिलसरा पुन 
भिमलाल मरासिनी 
सुशीला चौधरी 
सन्दिपन रिजाल
हेमेन्द्र खडका
          नवनिर्बाचित कार्य समितिले  ४ जनालाई मनोनित गरेको छ । जस्मा
निर्मल खड्का 
देबेन्द्र केसी
रजनी शाह
यज्ञ बिक हुनुहुन्छ । शाखा सभापति शरद रेग्मीको अध्यक्षतामा भएको अधिबेशनमा केन्द्रीय महासचिव केन्द्रीय प्रतिनिधि खिटिनु भएको थियो भने निर्वाचन समितिमा वरिष्ठ अधिबक्ता डिल्ली राज धिताल, मोहन धिताल र निर्मल नेपाली हुनुहुन्थ्यो । सहजिकरण सचिव निर्मला डाङीले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस