शान्ति समाज दाङको अधिबेशन माघ ३ गते

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २३ औ साधारण सभा एव अधिबेशन भोलि शनिबार तुलसीपुरमा हुदैछ । भोलि माघ ३ गते बिहान ठिक ११ बजे तुलसीपुर उद्योग बाणिज्य संघको सभाहलमा हुने साधारण सभाको उद्घाटन सत्रमा असबैधानिक एव अलोकतान्त्रिक तवर्ले प्रतिनिधि सभा विघटन :  प्रतिगमनको सिलसिला बिषयक बिचार गोष्ठी समेत हुने छ । अधिबेशनले २ बर्षे कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति समेत चयन गर्ने शाखा सभापति शरद रेग्मीले जानकारी दिनुभयो । असोज महिनामा गरिसक्नुपर्ने साधारण सभा कोभिड- १९ का कारण  झन्डै ४ महिना  पछि हुदैछ । दाङ शाखाको अधिबेशन सम्पन्न गर्नका लागि केन्द्रीय प्रतिनिधिमा महासचिव सुशील बस्नेतलाई खटाएको छ ।  दाङ जिल्ला अधिबेशनको तयारी पूरा भएको सचिब निर्मला डाङीले जानकारी दिनुभयो । शान्ति समाज दाङ शाखामा ६९ जना आजिवन सदस्य र ७ जना साधारण सदस्य रहेका सचिव डाङीले बताउनुभयो ।शान्ति समाजका जिल्ला अधिबेशन माघ महिनाको दोस्रो साता भित्र गरि सक्नु पर्ने छ भने राष्ट्रिय परिषद् (केन्द्रीय अधिबेशन )फागुन २१- २२ गते पोखरामा हुदैछ । पोखरामा हुने राष्ट्रिय परिषद् बैठकले केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने छ । 

प्रतिकृया दिनुहोस