कोरोनाका बिरुद्ध फ्रन्टमा कामगर्नेहरुलाई सांसद केसीद्धारा स्वास्थ्य सुरक्षा सामाग्री

संघिय सांसद हिराचन्द्र केसीले कोरोना भाईरसबाट सुरक्षित हुनका लागि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री बितरण गर्नुभएको छ ।
स्वास्थ्य बिभागबाट प्राप्त स्वास्थ्य सामाग्रीलाई नेकपाका युवा नेता एबम दाङ निर्वाचन क्षेत्र नम्वर ३ का सांसद केसीले शुक्रबार तुलसीपुरमा बितरण गर्नुभएको हो ।
सांसद केसीले स्वास्थ्यकर्मीहरुका लागि तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रर्बद्धन शाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसीलाई ५० थान पीपीई,१२ थान मास्क प्याकेट र २ बोतल सेनिटाईजर हस्तान्तरण गर्नुभएको हो । 
त्यस्तै,५ थान पीपीई,१२ थान मास्क प्याकेट र २ बोटल सेनिटाईजर नेपाल प्रहरीका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख,प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीलाई हस्तान्तरण गर्नुभयो । 
तुलसीपुर ट्राफिक कार्यालयकाबाट खटिने ट्राफिक प्रहरीका लागि ५ थान मास्क प्याकेट र १ बोटल सेनिटाईजर तथा तुलसीपुर स्थीत सञ्चार संस्था तथा सञ्चारकर्मीहरुका लागि २/२ प्याकेट मास्क र १ बोटल सेनिटाईजर ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख,प्रहरी नायव निरिक्षक नन्द पोख्रेललाई सांसद केसीले हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा सांसद केसीले बिश्वभर महामारिको रुप लिदै गएको कोरोना भाईरसबाट बँच्न र बचाँउन सबै लाग्नुपर्ने बताउनुभयो । 
उहाँले भन्नुभयो, अग्रपंक्ति (फ्रन्ट)मा रहि कोरोना बिरुद्ध खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरिएको बताउनुभयो ।
सो अवसरमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख,प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगी,सामुदायिक रेडियो प्रशारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब एबम रेडियो तुलसीपुरका सम्पादक सुशील बस्नेतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार शरद रेग्मीले गर्नुभएको थियो । यसअघि सांसद केसीले दाङ निर्वाचन क्षेत्र नम्वर ३ का बिभिन्न पालिकामा राहत तथा स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको उहाको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस