बन्दाबन्दि छैठौंपटक थपियो, जेठ २० सम्म लम्ब्याइयो

कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन (बन्दाबन्दि) लाई २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । गत सालको चैत ११ गतेदेखि लागू गरेको लकडाउन लगातार छैठौंपटक थपिएको हो । पछिल्लो पटक जेठ ५ गतेसम्म कायम गरिएको लकडाउन बढाउँदै आइतवार बसेको मन्त्रिपरिषद् बैठकले २० गतेसम्म पुर्‍याएको हो । आजै बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले सरकारलाई लकडाउन थप गर्ने सुझाव दिएको थियो । 

सरकारले पहिलो पटक चैत ११–१८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । कोरोना भाइरस संक्रमित बढ्दै गएपछि सरकारले पहिलोपटक चैत ११ देखि १८ सम्म, १८ देखि चैत २५ सम्म, २५ देखि वैशाख ३ सम्म, वैशाख ३ देखि १५ सम्म, वैशाख १५ देखि २५ सम्म र वैशाख २५ देखि जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको थियो । 

कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेपनि संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमणवाट दुइजनाको मृत्यू हुनुका साथै संक्रमितको संख्या २ सय ९५ पुगेको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस