समाचार

    पूनःस्थापकीय न्यायमा संबादको सहजीकरण हुदै

    दाङ,२१ असोज
     
    संबाद समूह क्षेत्रीय सचिबालले पूर्नस्थापकीय न्यायका बिषयमा समेत सहजीकरण गर्ने भएको छ । संभाबीत द्धन्द, द्धन्दको बखत र द्धन्दपछीको बखतमा पक्षहरुलाई एउटा टेवुलमा ल्याउने काम गर्दै आएको संबाद समूहले अबका दिनमा पुनःस्थापकीय न्यायका क्षेत्रमा समेत सहजीकरण गर्ने भएको छ । पक्षहरुका बीच देखिएको तिक्तालाई समधुर बनाउदै उनीहरुको भावनात्मक सम्बन्धलाई सुदृढ बनाउन संबाद समूहले सहजीकरण गर्ने सहजकर्ता सुशील बस्नेतले जानकारी दिनुभयो । बिगतमा राज्य,समूदाय र ब्यक्ति ब्यक्ति बीच भएकाको तिक्तालाई भावनात्मक सम्बन्ध सुधार गर्ने कार्य अब संबाद समूहले गर्ने छ । हाल सम्म द्धन्द ब्यबस्थापन र रुपान्तरण गर्ने काम संबाद समूहले गर्दै आएको छ । तर अब पूनःस्थापकीय न्यायको काम समेत गर्छ,सहजकर्ता बस्नेतले बताउनुभयो । संबाद समूह क्षेत्रीय सचिवालको आज शनिबार तुलसीपुरमा बसेको बैठकले पुनःस्थापकीय न्यायमा सहजीकरण गर्ने,संबाद समूहलाई प्रादेशीक संरचनामा बिस्तार गर्ने,बिभिन्न स्थानमा पक्षहरुको बिबादको बारेमा बिश्लेषण गर्ने र समूहका सदस्यहरुको सीप अभिबृद्धी गर्ने बिषयमा छलफल केन्द्रित भएको थियो । बैठक संबाद समूह क्षेत्रीय सचिवालय अन्तर्गत द्धन्द बिश्लेषण समूहका सदस्य बिष्णुकुमार देबकोटाको अध्यक्षतामा बसेको बैठकमा बिभिन्न स्थानमा भएको बिबादका बिषयमा सदस्य क्रकट चौधरी र गोपाल शर्मा भट्टराईले जानकारी गराउनुभएको थियो । उक्त अबसरमा टीकाराम रेग्मी,ढुण्डीराज लामिछाने,अशोक यादब,लक्ष्मण पोख्रेल,सरीता देबकोटा,धनिराम चौधरी,निर्मल नेपाली,चन्द्रबहादुर चौधरी लगायतले बिभिन्न बिषयमा सुझाब दिनुभएको थियो । ३० बढी सदस्यहरुको सहभागिता रहेको बैठकको सहजीकरण सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal