काग्रेस दाङको चियापन कार्यक्रम

 


नेपाली काग्रेस दाङले पार्टी कार्यालय घोराहीमा आज शुक्रबार चियापान कार्यक्रम संम्पन्न गरेको छ । विजया दशमी, दीपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा कांग्रेसले देशका ७५ जिल्लामा चियापान कार्यक्रमको आयोजना गरेको   हो । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । हरेक वर्ष विजया दशमी कोजाग्रत पूर्णिमाका दिन आयोजना हुने कांग्रेसको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता चक्रप्रसाद बास्तोलाको निधनको १३औँ दिन नपुगेका कारण आज सारिएको हो । काङ्ग्रेसले विसं २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र विसं २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गर्न सकेको थिएन ।
 

प्रतिकृया दिनुहोस