मंसिर १४ गते ३४ निर्वाचन स्थलमा मतदान । अत्यन्त संबेदनशील मतदान स्थलको पहिचान

दाङमा भोली शनिबार हुन लागेको उप निर्वाचनमा ७३ हजार मतदाता छन् । दाङ निर्वाचन क्षेत्र नम्वर ३  (ख) प्रदेश सभासदस्य पद र घोराही उपमहानगरपालिका वडा नम्वर १६ को वडा अध्यक्षका लागि भोली शनिबार निर्बाचन हुदैछ । प्रदेश सभासदस्य उत्तरकुमार वली र वडा अध्यक्ष दक्षिमान बुढाको मृत्यु भएपछि हुन लागेको उपनिर्वाचनमा प्रदेश सभा सदस्यका लागि ६८ हजार ७ सय १९ जना र वडा नम्वर १६ मा ४ हजार ४ सय ५३ जना मतदाता छन् । उपनिर्वाचनमा दाङमा कुल ७३ हजार १ सय ७२ जना मतदाता रहेका मूख्य निर्वाचन कार्यालय दाङले जनाएको छ । त्यसमध्ये महिला ३७ हजार ३ सय ५ जना र पुरुष ३५ हजार ८ सय ६६ जना जना छन् । त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्वर १६मा महिला २ हजार ३ सय ६५ र र पुरुष मतदाता २ हजार ८८ जना छन् ।
प्रदेश नम्वर ३ (ख) अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १,२,१० र ११ नम्वर वडामा महिला ८ हजार १ सय ६५ र पुरुष ७ हजार ९ सय ५ जना गरी १६ हजार ७१ जना मतदाता छन् । दंगिशण गाँउपालिकामा ७ हजार ९ सय ८९ महिला र ७ हजार ७ सय १५ जना पुरुष गरी १५ हजार ६ सय ९६ जना,बबई गाँउपालिकामा ९ हजार २ सय ८३ महिला र ८ हजार ८ सय २० जना पुरुष गरी १८ हजार १ सय ३ गरी 
जिल्लाका यी दुई क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा ३४ वटा निर्वाचनस्थल छन् । आज शुक्रबार पश्चिम दाङको श्रीगाँउमा आयोजीत पत्रकार सम्मेलनमा निर्वाचन क्षेत्र नम्बर ३ (ख) को ६ वटा निर्वाचन स्थल सुरक्षा अतिसंवेदनशील क्षेत्रमा राखिएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
प्रुमख जिल्ला अधिकारी रिजालका अनुसार साँढे ४ सय कर्मचारी खटाईएका छन् । दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विगतका निर्वाचनमा भएका हिंसात्मक घटनाको समिक्षा गरिएको र त्यसको आधारमा जिल्लाको सुरक्षा हाईअलर्टमा राखिएको उहाले बताउनुभयो ।
नेपाली सेना,नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा अनुसन्धान प्रहरी सुरक्षाका लागि निर्वाचन क्षेत्रमा परिचालन गरिएको छ । स्थल मार्ग, मोबाइल गस्ती विशेष सूचकको परिचालन समेत गरिएको छ ।
१० मिनेटमा मतदान स्थलमा पुग्ने गरि छुट्टै मोबाइल र क्वीक रेस्पान्स फोर्सको समेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।
सुरक्षाको अनुभूतिका साथ नागरिकलाई मतदान गर्ने वातावरण मिलाईएको स्थानिय प्रशासनले दावी गरेको छ ।

प्रतिकृया दिनुहोस