त्रिसिदेश्वरी मन्दीर धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास हुदै

यस क्षेत्रकै धार्मिक पर्यटकिय स्थल त्रिसिद्धेश्वरी मन्दिर व्यबस्थापन समितिको ७ औं साधारण सभा आज शनिवार तुलसीपुरमा सम्पन्न भएको छ । 
झन्डै ४६ वर्ष अघि पूर्वाधार निर्माण गरीएको त्रिसिद्धेश्वरी मन्दिर तुलसीपुरको २०३१ सालमा क्रमीक रुपमा विकास भएको छ । 
मन्दिर भित्र महालङ्केश्वर महादेव , महाकाली  , महालक्ष्मी , महासरस्वती र गणेशको मुर्तिसहितको मन्दिर निर्माण गरीएको छ । 
साथै मन्दिर परीसरमा दुर्गामाता,अर्ध नागेश्वर,शिव पार्वती,चक्रकुण्ड,१ सय ८ शिव लिङग,स्थापित,हनुमान मन्दिर,बागेश्वरी माताको मन्दिर, विश्वकर्मा बाबाको मन्दिर, गौतम् बृद्ध भगवानको मन्दिर,सत्य साई बाबाको मन्दिर, यज्ञशााला, अत्याधुनिक १३ कोठे धर्मशाला, धार्मिक मञ्च, सुविधा सम्पन्न ८ कोठे किरियापुत्री भवन, शौचालय र खानेपानि ट्याङकिको निर्माण गरीएको  अध्यक्ष देवराज धितालले जानकारी दिनुभयो 
उहाका अनुसार, धार्मिक , सांस्कृतिक , पर्यटकिय तिर्थस्थल धार्मिक अध्ययन केन्द्रका रुपमा मन्दिर स्थापित गर्ने , आध्यात्मिक ज्ञान र नैतिक शिक्षाको अन्तरक्रियाको माध्ययमबाट धार्मिक सहिष्णुता , भातृत्व प्रेमबाट   शाान्ति, सांस्कृतिक र समृद्ध हिंसारहित समाजको निर्माण गर्ने लगायतको कुरालाई समेटिएको छ । सो अवसरमा कोषाध्यक्ष शिव कुमार शर्माले आर्थिक वर्ष २०७५/०७६ को आय व्य विवरण प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक वर्ष २०७५/०७६ आषाढसम्म मन्दिरको विभिन्न शिर्षक बाट २६ लाख ५० हजार ७ सय २२ रुपैंया आम्दानी भएको छ ।
सो आम्दानी मध्ये मन्दिरको विभिन्न शिर्षकमा १५ लाख ४५ हजार ९ सय ५३ रुपैंया खर्च भएको र ११ लाख ४ हजार ७ सय ६९ रुपैंया बाँकि रहेको कोषाध्यक्ष शर्माले जानकारी दिनुभयो । 
आर्थिक वर्ष २०७६/०७७ मा दानपेटिकाबाट १० लाख , धार्मिक अनुयठान बाट ९ लाख , सरकारी संस्थाबाट सहयोग १५ लाख , दानबिर दाताबाट १२ लाख गरी जम्मा ४६ लाख आम्दानि भएको छ भने पुजारी तलब ४२ हजार,पुजा खर्च ६ हजार,चौकिदारको तलब ४२ हजार बत्तीपानीको महशुर २० हजार सञ्चार खर्च ५ हजार छपाई स्टेशनरी १० हजार , मन्दिर रंगरोगन ३० हजार,साधारण सभा अर्च १० हजार , धार्मिक कार्यक्रम १५ हजार,डिप बारिङ ३० लाख,चक्रकुण्ड करिपरी जिप्सन टायल लगाउने २ लाख ५० हजार,मुख्य मन्दिरमा २ वटा गजुर निमार्नण गर्ने ८ लाख , १ जना थप पुजारी र रात्रीकालिन चौकिदार १ लाख गरी जम्मा ४६ लाख खर्च भएको कोषाध्यक्ष शर्माले जानकारी दिनुभयो । 
संस्थाका अध्यक्ष देवराव धिताको अध्यक्षता तथा ब्यबस्थापिका संसदका सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि केसीले धार्मिक पर्यटकिय मन्दिरको स्तर वृद्धिका लागी आफुले सक्दो सहयोग गर्ने बताउनुभएको छ । 
सो अवसरमा खुमानन्द अधिकारी , निर्मल नेपाली , संस्थाका पूर्व अध्यक्ष नारायण प्रसाद रजौरे,संस्थाका सल्लाहाकार अरुण कुमार श्रेष्ठ,जनार्दन शर्मा , नेवार समाज संघका अध्यक्ष नरेश राजभण्डारी,गोविन्द प्रसाद रजौरे,नवराज रजौरे,योगेस रजौरे लगाएतकाले बोल्नु भएको थियो ।  उपाध्यक्ष घनश्याम रजौरेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको शहजिकरण सचिव होमराज शर्माले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस