प्रतिष्ठानमा बिबाद,पदाधिकारीमाथि हातपातको बिरोध,संर्घष समिति भन्छ, उपकुलपतिले राजीनामा दिनै पर्छ

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान बचाउ अभियानको नाममा गठन भएको संघर्ष समितिले राप्ती स्वाथ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेल माथि भएको ज्यादती प्रति नेपाली तरुण दलले बिरोध गरेको  छ । तरुणले त्यसका बिरुद्ध आज शुक्रबार घोराहीमा प्रर्दशन समेत गरेको छ । स्वास्थ्य संस्थामा बिरोधका कार्यक्रम गर्ने बहानमा जर्वजस्ती गर्न खोज्ने,पदाधिकारीमाथि लछारपछार गर्ने कार्य भएको भन्दै प्रर्दशन गरेको नेपाल तरुण दल दाङले जनाएको छ । राप्ती स्वाथ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेल माथि बुधबार भएको कार्यकक्षमा प्रबेश गरी गरिएको हातपात घटना प्रति काग्रेस दाङले गम्भीर ध्यानकार्षण भएको जनाएको छ । काग्रेस दाङका सभापति कृत्तिबहादुृर खड्काले जारि गर्नुभएको बिज्ञप्तीमा प्रतिष्ठानको बिषय र स्वास्थ्य क्षेत्रको महत्वपूर्ण बाटो भएकाले जिम्मेवार गतिशील िर जनताप्रति समर्पित बनाउन सकिने दायीत्व हो तर हिजो बुधबार तालबान्दीका क्रममा अभियान नामक संघर्ष समितिले घटाएको घटना निन्दनीय छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान बचाउ अभियानका नाममा नेपाली काग्रेसका कुनैपनि भातृ संगठन,शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको बिमति रहेको जनाउदै त्यमा नलाग्न काग्रेस दाङले निर्देशन दिएको छ । यता,तालाबन्दीको क्रममा  नचाहँदा नचाहँदै पनि एउटा अप्रिय घटना घटेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान बचाऔ अभियानले जनाएको छ । अभियानका संयोजक बिकिरण गौतमले आज बिज्ञप्ती जारि गरि प्रतिष्ठानका उपकुलपति डाक्टर संगिता भण्डारीको राजीनामा माग्न शुरु गरिएको आन्दोलनका क्रममा तालबन्दीको कार्यक्रममा कुनै पनि पदाधिकारी तथा कर्मचारी माथि दुव्र्यवहार गर्ने नियत नभएको उल्लेख गरिएको छ । शान्तिपूर्ण असहमती जाहेर गर्न पाउने संवैधानिक हकका विरुद्धमा नजान पनि आग्रह गरिएको छ । उपकुलपति भण्डारीले राजिनामा नदिएसम्म शान्तिपूर्ण ढङ्गले संघर्षका कार्यक्रम जारी रहने अभियानले जनाएको छ । यसैबिच,नेपाल प्रेस युनियन दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रभावकारिताका लागि र अहिलेको आन्दोलन उग्र बन्दै गर्दा नेपाल पत्रकार महासंघले मध्यस्तकर्ताको भूमिका खेल्न आग्रह गरेको छ । 
युनियनले बिहीबार बिज्ञप्ती जारि गरि पत्रकार महासंघको जिल्ला नेतृत्वलाई पत्रकार प्रतिको सामाजिक विश्वास अझ वृद्धि हुनेगरी मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नका लागि आग्रह गर्दछौ,युनियनले भनेको छ । युनियनका अध्यक्ष सन्तोष सुबेदी र सचिब आरके सितलले जारि गर्नुभएको बिज्ञप्तीमा प्रतिष्ठानका लागि आवश्यक ऐन कानुनहरुको निर्माणमा भएको बिलम्ब, पर्याप्त बजेट विनियोजन हुन नसक्नु तथा प्रतिष्ठानका नेतृत्वबाट समन्वयकारी भूमिका निर्वाहमा समेत देखिएको कमजोरीले गर्दा प्रतिष्ठान सहज रुपमा अगाडि बड्न नसकिरहेको युनियनको ठम्याई छ ।

हातपात र दुब्र्यबहारका बिरुद्ध कर्मचारी पनि आन्दोलनमा 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर संगीता भण्डारीको राजीनामा माग गर्दै आन्दोलन चर्किएको छ । प्रतिष्ठान बचाऔँ अभियानको तर्फबाट थालिएको आन्दोलनमा बिहीबार घोराहीमा बिद्यार्थीहरु पढाई छोडी सडकमा आएका छन् । उनीहरुले प्रतिष्ठानका उपकुलपति संगिता भण्डारीको राजीनामा मागेका छन् । आन्दोलनको क्रममा प्रशासन कक्षमा हिजो बुधबार तालाबन्दी भएकोमा प्रहरीले तत्काल फोडेको थियो । पत्रकार,मानव अधिकारकर्मी,नागरिक समाज लगायत आवद्ध अभियानले सञ्चालन गरेको बिरोधका कार्यक्रममा पत्रकारमाथि हातपात भएको छ भने रजिष्ट्रार प्याकुरल माथि लछारपछार समेत भएको छ । आफूमाथि हातपात र दुब्र्यवहार गरेको भन्दै पीडित प्याकुरेलले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको छ । प्रतिष्ठान बचाउ अभियानका संयोजक विकिरण गौतम, सदस्य सचिव तथा नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष सविन प्रियासन, नेकपाका नेता विवेक श्रेष्ठविरूद्ध किटानी जाहेरी दिनुभएको हो ।रजिष्ट्रार प्याकुरेल माथि हातापात र दुब्र्यबहार गरेको विरोधमा प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरुले आज बिहीबार हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । प्रतिष्ठानमा कार्यरत २२ जना चिकित्सकले सामूहिक राजिनामा दिएपछि झन स्थिति बिग्रेको छ । ९ जना चिकित्सकलाई प्रतिष्ठानले निस्कासन गरेको छ । प्रतिष्ठानले भने विभिन्न नाममा भैरहेका आन्दोलनको तुक नरहेको र काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ । प्रतिष्ठान गठन भएदेखिनै उपकुलपति भण्डारीको गतिविधिलाई लिएर आन्दोलन हुँदै आएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति तोकिएको थियो । त्यसैले सुरूदेखि नै नेकपाका नेता कार्यकर्ताले आफू निकटको उपकुलपति ल्याउन अनेक प्रयत्न गर्दै उहालाई असहयोग गर्दै आएका छन् ।नेकपाको सरकारले उपकुलपति डा. भण्डारीलाई हटाउने निर्णय गरेको पनि सर्वोच्चले आदेश उल्ट्याई दिएको थियो ।प्रतिष्ठानको स्थापना देखिनै विवाद झेलीदै जादा स्वास्थ्य सेवा खस्किँदै गएको छ । 
 

प्रतिकृया दिनुहोस