उश्रृङखलको सीमा बढ्न दिईदैन ः काग्रेस दाङ

पार्टी भित्र अनुशासनलाई बिशेष ध्यान दिईने गरी नेपाली काग्रेसले तयारी गरेको छ । आगामी दिनमा जिम्मेवार नेता,कार्यकर्ता एबम भातृ भगेनी संघ संस्थामा आबद्ध ब्यक्तिहरुबाट उश्रृङखल गतिबिधि नगर्न र नगराउन नेपाली काग्रेस दाङका सभापति कृत्तिबहादुर खड्काले निर्देशन दिनुभएको छ ।
नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ४ को आज शुक्रबार बसेको नियमीत बैठकमा प्रमुख अतिथी समेत रहनुभएका पार्टी सभापति खड्काले पार्टी र पार्टीका बिभिन्न तह र तप्कामा आबद्ध ब्यक्तिले उश्रृङखल गतिबिधि गरेको पाएमा बाध्य भई अनुशासनको प्रक्रिया अगाडी बढाईने चेतावनी   दिनुभयो । 
उहाको उक्त निर्देशनलाई आधार बनाई नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ४ ले अनुशासनको प्रस्तावलाई पहिलो नम्वरमा पारित गरेको क्षेत्रीय सभापति जगतबहादुर खड्काले जानकारी दिनुभयो । 
क्षेत्रीय सभापति जगतबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले तुलसीपुर स्थीत महानायक बिपी कोईरालाको अर्धकदको शालिकलाई पूर्णकद उक्त चौकमा राखि भदौ महिनाभित्र अनावरण गर्ने र त्यसका लागि आर्थिक संकलनलाई तिव्र पार्ने निर्णय गरीएको छ । १० हजार रुपैयादेखि माथि आर्थिक सहयोग गर्ने दाताको नाम शिलालेखमा लेखिने भएकाले आर्थिक सहयोगमा उत्साहपूर्बक जुट्न समेत आग्रह गरीएको छ ।
त्यस्तै हाल नेपाली काग्रेस क्षेत्र नम्वर ४ को पार्टी कार्यालय रहेको जग्गा निःशुल्क उपलब्ध गराउनुहुने तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ बरुवागाँउका पीता स्वर्गीय फल्कुदत्त धिताल र आमा स्वर्गीय ईन्द्रादेवी धितालका छोराहरु बामदेव धिताल,देवराज धिताल, जानकीप्रसाद धिताल र हुमराज धिताललाई सम्मान गर्ने निर्णय गरीएको क्षेत्रीय सचिब चूर्णबहादुर चौधरीले जानकारी दिनुभयो । धिताल परिवारले नेपाली काग्रेस पार्टीका लागि २०५० पुस २२ गते १ कठ्ठा ९ धुर जग्गा निशुल्क उपलब्ध गराउनुभएको थियो । उहाँहरुको सहयोगलाई उच्च सम्मान गर्दै धिताल परिवारलाई सम्मान गरीने भएको हो । क्रियाशील प्रमाण पत्र साउनको मसान्त सम्म संकलन गरी जिल्ला कार्य समितिमा पेश गर्ने निर्णय गरीएको सचिब चौधरीले जानकारी दिनुभयो । साथै शान्ति सुरक्षा,विकास र सुशासन प्रर्वदनका लागि नेपाली काग्रेस दाङले जिल्लाका गाँउ टोल सम्म अभियान सञ्चालन गर्ने गरी तयारीमा जुट्ने निर्णय समेत गरीएको नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ४ ले जानकारी दिएको छ । 
बैठकमा सहभागिहरु क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरुले पार्टीको हाताभित्र बृक्षारोपण गरेका छन । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिब खीमबहादुर वलीले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस