संघियताको खारेजी र धर्म निरपेक्षताको ब्यानर राप्रपाले जलायो

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज शुक्रबार बिहान दाङका बिभिन्न स्थानमा संघियता र धर्म निरपेक्षता लेखिएको ब्यानर जलाएको छ । राप्रपाको केन्द्रिय बिरोध कार्यक्रम अन्तर्गत आज बैशाख ६ गते दाङको तुलसीपुर र लमहीमा संघियता र धर्म निरपेक्षता लेखिएको ब्यानर जलाएको केन्द्रिय सदस्य तेजबहादुर बस्नेतले जानकारी दिनुभयो । संघियता चाहिदैन,हिन्दु राष्ट्र नेपाल घोषणा गर भन्ने नारा समेत ब्यानर जलाउदा लगाईएको थियो । राप्रपाले हिन्दु राष्ट्रको घोषणा,संघियताको खारेजी,संबैधानिक राजतन्त्र,भ्रष्टाचारीलाई कारर्बाही लगायतका २२ बुँदे माग राख्दै सडक आन्दोलनमा उत्रिएको छ । फागुण १५ गतेदेखि शुरु गरेको मेचिमहाकाली रथ यात्रा चैत १ गते समापन गरिएको थियो । राप्रपाले चैत १७ गतेदेखि ३० गते सम्म हिन्दु राष्ट्र«को माग र  संघियताको खारेजी लगायतका माग गर्दै हस्ताक्षर संकलन समेत गरेको छ । दाङमा ५० मिटर लम्वाईको कपडामा झण्डै ३० हजार बढीले हस्ताक्षर गरेका राप्रपा दाङका अध्यक्ष क्षेत्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस