पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस दाङमा भब्य रुपमा मनाईयो

२ सय ९७ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज शुक्रवार दाङ लगाएत देशैभर बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । दिवसको अवसरमा राष्ट्र निर्माता श्री ५ वडा महाराजाधिराज पृथ्वीनारायण शाह जन्मजयन्ती समारोह समिति दाङले बिपिचौकमा माल्यार्ण कार्यक्रम गरि कोण सभा गरेको संयोजक सुरेन्द्र गिरीले जानकारी दिनुभयो । शिव सेना नेपाल दाङले ¥याली,दिप प्रज्वलन र अन्तरक्रिया कार्यक्रम गरेको शिशिर शर्माले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पाटी दाङले पनि राष्ट्रिय एकता दिवस मनाएको छ । जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतको अध्यक्षता एबम पार्टीका केन्द्रिय सदस्य तेजबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहजीकरण सचिब चुर्णबहादुर वलीले गर्नुभएको थियो । यसैबिच पृथ्वीनारायण शाह स्मृती प्रतिष्ठान दाङको आयोजना तथा राप्ती वाल एकाडेमि तुलसीपुरमा पनि कार्यक्रम भएको थियो । प्रतिष्ठानका अध्यक्ष मीनबहादुर केसीको अध्यक्षता एबम मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब एबम पत्रकार सुशील बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रममा भएको थियो । कार्यक्रममा सम्बोधन गर्नुहुदै बस्नेतले नेपालको पहिचान बनाउने राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई नेपाली नागरिकले राष्ट्रिय एकताका लागि राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताउनुभयो । सो अवसरमा राप्ती बहुमुखि क्याम्पस तुलसीपुरका पूर्ब प्रमुख राजेन्द्र पाण्डे,तुलसीपुर उमहानगरपालिका वडा नम्वर ५ का वडा सदस्य सुरेश श्रेष्ठ,एन प्याब्सनका जिल्ला अध्यक्ष भीमबहादुर बुढाथोकी,साहित्यकार दामोदर केसी,टोपबहादुर वली,कक्षा १० का बिद्यार्थी किरण डाँगी लगायतले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्नुभएको थियो । उहाका दिब्य उपदेश घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्,नेपाल दुई मुलृुक बिचको ढुङा,नेपाली ४ जात ३६ बर्णको साझा फुलवारी,मेरा साना  दुःखले आर्जका होईन जस्ता दिब्य उपदेशको सान्र्दभीकताका बिषयमा चर्चा गर्नुभएको थियो । स्वागत मन्तब्य कक्षा ९ की छात्र कृत्ति डाँगी र सहजिकरण प्राधानाध्यापक ठाकुरप्रसाद डिसीले गर्नुभएको थियो । राज्य सन्चालनका क्रममा सुशासनप्रति मननीय दिव्य उपदेश दिने व्यक्तित्व पृथ्वी नारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा मनाउन लागिएको   हो ।
वर्तमान सरकारले दिवसको अवसरमा सार्वजनीक बिदा भने दिएको छैन । २०६२÷०६३ सालको जनआन्दोलनका सफलतापछि सरकारका तर्फबाट एकता दिवस मनाइएको थिएन । तर २०७४ मंसिर १४ गतेको मन्त्रिपरिषद्को वैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।  पृथ्वीनारायण शाह राजा भएकै कारण उहाको सम्झना गर्नु आवश्यक छैन भन्दै २०६३ को परिवर्तनपछि बिदा दिने चलन हटाइएको थियो । राष्ट्रिय एकताका धरोहर,दूरदर्शी व्यक्ति पृथ्वी नारायण शाहलाई राजा भन्दा पनि देश निर्माताका रुपमा सम्झने गरिन्छ । विक्रम सम्वत् १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा स साना राज्यलाई जोडेर राज्य विस्तारका क्रममा नेपाल एकीकरण गर्नुभएको थियो । राष्ट्र निर्माता  पृथ्वीनारायाण शाहले नेपाल दुई ढुंगा बीचको तरुल भनेर परराष्ट्रनीति प्रतिको दृष्टिकोण पनि राखेका थिए । यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय प्रजातान्त्र पार्टी प्रजातान्त्रीक,शिब सेना नेपाल लगायत पार्टी संघ संगठनले दाङका बिभिन्न स्थानमा राष्ट्रिय एकता दिवस मनाउदैछन्  । यता राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिनलाई केन्द्र सरकारले बेवास्ता गरेका समयमा नेपालगञ्ज उपमहानरपालिकाले भने आज सार्वजनिक विदा दिएको छ ।

प्रतिकृया दिनुहोस