सडक दुर्घटनामा परि दाङ र बाँकेमा ७ जनाको मृत्यु

दाङ,१९ असोज

 

बाँके र दाङमा भएका दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ भने १८ बढी घाईते भएका छन् । दाङको तुलसीपुरबाट बाँकेतर्फ जाँदै गरेको रा १ ख १६६२ नम्वरको यात्रुबाहक हायस र बाँकेबाट पूर्व तर्फ आउँदै गरेको ले १ ख ७७२९ नम्वरको ट्रक आपसमा ठोक्किँदा ६ जनाको ज्यानको ज्यान गएको छ भने १८ जना घाईते भएका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ९ स्थित मुगुवा खोलामा उक्त दुर्घटनाम परि एकै परिवारका आमा–छोरा र दिदी सहित ६ जनाको मृत्यु भएको हो । बसलाई उछिन्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी दाङ शान्तिनगर गाउँपालिका वडा नं. ७ कुमलगडी निवासी ५१ वर्षीया आमा मुना रावत, उहाँका २७ वर्षीय छोरा तुलसीराम रावत र ३२ वर्षीया दिदी दोर्णा बुढाथोकीको मृत्यु भएको कुमलगडी निवासी खुमानन्द पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा परी दोर्णा बुढाथोकीका श्रीमान् ३३ बर्षीय प्रेमबहादुर बुढाथोकी र उहाँकी आमा पनि घाइते हुनुभएको हो ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत आज शनिबार बिहान झन्डै पौने ९ बजेतिर तीव्र गतिको ट्रक र यात्रुबाहक हायस एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने थप १८ जना घाइते भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ । प्रदेश प्रहरी प्रमुख एवं डिआइजी शेरबहादुर बस्नेतका अनुसार उक्त दुर्घटनामा परी हायसका चालक दाङको तुलसीपुर उपहानगरपालिका वडा नं. ७ निवासी ३३ वर्षीय सुगने चौधरी, तुलसीपुर वडा नं. ५ निवासी ५० वर्षीया नारायणी श्रीस मगर र तुलसीपुर ८ दोघरे निवासी २७ वर्षीया वसन्ती चौधरीको मृत्यु भएको छ । यसअघि प्रहरीले ५ जना महिला र १ जना पुरुषको मृत्यु भएको जानकारी दिएपनि पछिल्लो पटक २ जना पुरुष र ४ जना महिलाको मृत्यु भएको जानकारी दिएको हो । प्रदेश प्रहरी प्रमु्ख डिआइजी बस्नेतले दुर्घटनाका १८ घाइतेमध्ये अधिकांश दाङको तुलसीपुर निवासी रहेका जानकारी दिनुभयो । दुर्घटनाका घाइतेमध्ये केहिको अवस्था अझै गम्भीर रहे पनि खतरामुक्त रहेको भन्ने जानकारी आफूलाई बाँके प्रहरीले दिएको डिआइजी बस्नेतले वताउनुभयो । 

हायसलाई ठक्कर दिएलगत्तै ट्रक पनि पल्टिएको भए पनि त्यसका चालक लगायत सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । यसैबीच ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ । यता ट्याक्टरको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका ११ खैरामा ट्याक्टरले ठक्कर दिदा घोराही ९ अस्परी निबासी २२ बर्षिय चुनाराम रैदासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । ठक्कर दिने ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ । 

 

 

प्रतिकृया दिनुहोस