काङ्ग्रेस वरिष्ठ नेता पौडेल समुहको भेला

नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनको तयारी भई रहदा शिर्ष नेताहरूको गुटगत भेला शुरु भएका छन । सभापति शेरबहादुर देउवाले पार्टीका भ समुहले बिभागमा मनोनयन गर्न लागे र यसले आगामी महाधिवेशनमा समेेतअसर पार्ने लागेको वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले पार्टी कार्यालय सानेपा नै केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ । केन्द्रीय सदस्य कल्याण गुरुङले समयसामयिक विषयमा छलफल गर्नका लागि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गर्न बोलाएको जानकारीदिनु भयो मंगलबार मात्र राप्रपा छाडेर कांग्रेसमा प्रवेश गरेका सुनिल थापाको कांग्रेस प्रवेशमा समेत पौडेल समुह पूर्ण संतुष्ट छैन् । सभापति देउवाले महाधिवेशनको मुखमा विभागलाई पूर्णता दिने अन्य पार्टीबाट विभिन्न नाममा पार्टी प्रवेश गराएर पार्टी कब्जा जमाउन लागेको शंका गरेको छ ।पार्टीले केन्द्रीय विभाग संयोजक तोकिएकामध्ये, तरुण विभाग, महिला विभाग आदिलाई पूर्णता दिन थालेको, क्रियाशील सदस्यता वितरण गर्दा नवप्रवेशीलाई प्राथमिकता दिएको नेविसंघ र नेपाल तरुण दललाई पूर्णता दिन नसकेको विषयमा पौडेल समूह असन्तुष्ट बनेको छ । सभपाति देउवाले आफूइत्तरका विदेशस्थित नेपाली जनसम्र्क समितिका संयोजक र पदाधिकारीलाई अनुशासनको कारबाही गर्न थालेको आदि विषयमा दुइ साताअघि पौडेलको सम्पर्क कार्यालयमा बैठक बसी पौडेल समूहले आपत्ति जनाएको थियो ।विभाग गठन गरी सभापति देउवाले महाधिवेशन प्रभावित पारी आफ्नो पक्षमा पार्न खोजेको भन्दै पौडेल समूहले गत साउन १ गते सभापति देउवालाई ध्यानकर्षण पत्र नै पार्टी केन्द्रीय कार्यालयमा बुझाएको थियो । 

प्रतिकृया दिनुहोस