रुकुम पश्चिम घटना बिरुद्ध शान्ति समाजको प्रर्दशन

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले रुकुम पश्चिम लगायत देशका विभिन्न भागमा घटेका जातीय विभेद÷हिंसाका घटना बिरुद्ध प्रर्दशन गरेको छ ।
शान्ति समाज दाङले शाखाले आज बिहीबार तुलसीपुरमा गरेको बिरोध सभामा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोती घटनाका सम्बन्धमा उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गर्नुभयो ।
५ जना  होनहार नागरिकको मृत्यु भएको र १ जनाको स्थिति अझै अज्ञात रहेको, कतिपयलाई कुटपिट गरिएको उक्त घटनाको निन्दा गर्दै,घटनाको निष्पक्ष छानविन गरी दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न महासचिब बस्नेतले सरकारसँग आग्रह गर्नुभयो ।
शान्ति समाजका पूर्ब केन्द्रिय सदस्य निर्मल नेपालीले दण्डहिनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरु वृद्धि भइरहेको बताउनुभयो ।
शान्ति समाज दाङका संस्थापक सभापति डिल्लीराज धितालले रुकुम पश्चिममा घटेको उक्त घटनाका दोषीहरु मथि कारबाही र पीडितले न्याय पाउनुपर्ने माग गर्नुभयो । दलीत महिला अधिकारकर्मी युवा कराराले दलीत भएकै कारण देशका बिभिन्न स्थानमा हत्या,बलत्कृत,अपहेलीत हुने कार्य तत्काल रोकिनुपर्ने बताउनुभयो । गणतन्त्रिक मुलुकमा कानूनी राज्यको उपहास झै भईरहेको छ,उहाले भन्नुभयो ।
पत्रकार बालाराम खड्काले रुकुम पश्चिम घटनाका सन्दर्भमा संससमिति गठन गर्न गरि दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न र पिडितहरुलाई न्याय प्रदान गर्न माग गर्नुभयो । शान्ति समाज दाङ शाखाका सभापति शरद रेग्मीको सभापतित्वमा भएको बिरोध सभाको सहजिकरण सचिब निर्मला डाँगी योगीले गर्नुभएको थियो ।
यसैबिच, बिभिन्न १४ वटा संघ संस्था सम्मिलित दलित नागरिक समाजले चरण बद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिपीचौकमा आयोजित बिरोध सभामा दलीत अगुवा देवराज बिश्वकर्मा र जोगेन्द्र बिश्वकर्माले सोती घटनाको संसदीय उच्च स्तरीय छानबिन समिति गठन गरि कारर्बाही गर्न माग गर्नुभयो ।
समाजले मृतक युवाहरुको फोटो सहित आफ्ना माग राखी चौक चौकमा ब्यानर पोष्टर राखि बिरोध प्रर्दशन गर्ने,जिल्ला प्रशासन कार्यालय दाङ मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाउने,प्रतिनिधि सभा र राष्ट्रिय सभाको सचिवालय,जाजरकोट र रुकुम पश्चिमको जिल्ला प्रशासन कायाृलयमा ज्ञापन पत्र बुझाउने,शान्ति पूर्णरुपमा भौतिक दुरी कायम गर्दै मौन जुलुस,अनसन लगायत बिरोध कार्यक्रम गर्ने कार्यक्रम बिहीबार तुलसीपुरमा घोषणा गरेको छ ।
यसैसन्र्दभमा बिहीबार बिरोध ¥यालि र बिरोध सभा पहिलो कार्यक्रम सम्पन्न भएको समाजका निर्मल नेपालीले जानकारी दिनुभयो ।
दलित नागरिक समाजले सबै राजनीतिक दलहरुको सहभागितामा संसदीय उच्च स्तरीय समिति गठन गर्नुपर्ने,जातिय भेदभाव र छुवाछुत गर्नेलाई संबिधान र कानूनले तोके बमोजीमको हदैसम्मको कारर्बाहीको माग गरेको छ । ज्यान मार्ने गरेको अपराधिक घटना घटाउने ब्यक्तिहरुलाई आजीवन कारावासको सजाय लगायत ६ वटा माग अघि सारेको छ ।
 

प्रतिकृया दिनुहोस